Advertisement

बझाङमा काँग्रेसभित्र अन्तरघातको आरोप, अमर सिंह महरद्वारा छानबिन र कारबाहीको माग

Advertisement

बझाङ- हालै सम्पन्न प्रतिनिधि सदस्य निर्वाचनपछि अमर सिंह महर ले आफूविरुद्ध अन्तरघातको आरोप लगाइएको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
महरले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको विज्ञप्तिमा फागुन २१ गतेको निर्वाचनमा आफूले दिनरात खटेर पार्टीका उम्मेदवारलाई जिताउन कुनै कसर बाँकी नराखेको दाबी गरेका छन्। उनले इमान्दारपूर्वक पार्टीका लागि काम गरेको उल्लेख गर्दै आफूविरुद्ध लगाइएको आरोप आधारहीन भएको बताएका छन्।
उनका अनुसार निर्वाचन परिणामपछि बसेको समीक्षा बैठकमा उम्मेदवार प्रकाश रसाइली ले ‘विशेष स्रोतबाट अन्तरघात भएको’ भन्दै जिल्ला कमिटीमा आफ्नो नाम जबरजस्ती समावेश गराएको आरोप लगाएका छन्। महरले वास्तविकता नबुझी आफ्नो नाम सार्वजनिक गरी चरित्र हत्या गर्ने प्रयास गरिएको बताएका छन्।
यसप्रति आपत्ति जनाउँदै उनले नेपाली काँग्रेस जिल्ला कार्यसमिति बझाङलाई घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्।
साथै, केही पदाधिकारीले पदको दम्भ देखाउँदै दबाब दिन खोजेको संकेत गर्दै उनले पार्टी सभापति  गगन कुमार थापा समक्ष समेत ध्यानाकर्षण गराएका छन्। महरले दोषीमाथि कारबाही नभए इमान्दार कार्यकर्ताको मनोबल घट्ने चेतावनी दिएका छन्।
उनले पार्टीले समयमै उचित निर्णय नगरे इमान्दार कार्यकर्ता विस्थापित हुने अवस्था आउन सक्ने उल्लेख गर्दै केही दिन पर्खिने बताएका छन्।
उता पार्टी सभापति थापाले भने पदबाट राजिनामा दिएको समाचार आएको  छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज