Advertisement

बझाङका रणनीतिक सडकमा बजेट माग गर्दै सांसद ऐन महर

Advertisement

बझाङ: बझाङका प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरले जिल्लाका रणनीतिक सडक आयोजनाहरू आगामी आर्थिक वर्षको बजेटसहित योजनामा समावेश गर्न माग गरेका छन् । उनले सडक विभागलाई पत्र लेख्दै बझाङमा सडक पूर्वाधार विकास अझै सुस्त रहेको उल्लेख गरेका हुन् ।

महरका अनुसार २०४१/४२ सालदेखि निर्माण सुरु भएको खोड्पे–बझाङ (जयपृथ्वी राजमार्ग) अझै प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्य महत्वपूर्ण सडक आयोजनाहरू पनि ढिलाइमा रहेको उनले बताएका छन् ।

उनले बैतडीको अनारखोलास्थित सडक आयोजना कार्यालय बझाङमै सार्नुपर्ने माग गर्दै स्थानीय स्तरबाटै आयोजना सञ्चालन भए काम छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे, आगामी बजेटमा खोड्पे–बझाङ सडक स्तरोन्नति तथा कालोपत्रे, खुटिया–दिपायल–चैनपुर सडकअन्तर्गत बझाङ–झनाना–दिपायल खण्ड सुधार, बित्थड–बुङ्गल–छविस हुँदै जयपृथ्वी नगरपालिका जोड्ने सडक,वागथला–बुङ्गल–गन्नैलेक हुँदै दार्चुला जोड्ने सडक, सेती लोकमार्गअन्तर्गत जडार–थामलेक खण्ड कालोपत्रे तथा चैनपुर–ताक्लाकोट सडक निर्माणलाई प्राथमिकतामा राख्न उनले सिफारिस गरेका छन्।

यसैबीच, सडक विभागमा भएको छलफलपछि चैनपुर–ताक्लाकोट सडकको निर्माण आगामी असार १५ भित्र सम्पन्न गर्ने सहमति भएको छ। तोकिएको समयमा काम नसके ठेक्का रद्द गरी निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । स्थानीयवासीले वर्षौंदेखि अधुरा सडक आयोजना शीघ्र सम्पन्न गर्न सरकारसँग माग गर्दै आएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज