Advertisement

बझाङका रणनीतिक सडकमा बजेट माग गर्दै सांसद ऐन महर

Advertisement

बझाङ: बझाङका प्रतिनिधिसभा सदस्य ऐनबहादुर महरले जिल्लाका रणनीतिक सडक आयोजनाहरू आगामी आर्थिक वर्षको बजेटसहित योजनामा समावेश गर्न माग गरेका छन् । उनले सडक विभागलाई पत्र लेख्दै बझाङमा सडक पूर्वाधार विकास अझै सुस्त रहेको उल्लेख गरेका हुन् ।

महरका अनुसार २०४१/४२ सालदेखि निर्माण सुरु भएको खोड्पे–बझाङ (जयपृथ्वी राजमार्ग) अझै प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेको छैन । अन्य महत्वपूर्ण सडक आयोजनाहरू पनि ढिलाइमा रहेको उनले बताएका छन् ।

उनले बैतडीको अनारखोलास्थित सडक आयोजना कार्यालय बझाङमै सार्नुपर्ने माग गर्दै स्थानीय स्तरबाटै आयोजना सञ्चालन भए काम छिटो र प्रभावकारी हुने विश्वास व्यक्त गरे, आगामी बजेटमा खोड्पे–बझाङ सडक स्तरोन्नति तथा कालोपत्रे, खुटिया–दिपायल–चैनपुर सडकअन्तर्गत बझाङ–झनाना–दिपायल खण्ड सुधार, बित्थड–बुङ्गल–छविस हुँदै जयपृथ्वी नगरपालिका जोड्ने सडक,वागथला–बुङ्गल–गन्नैलेक हुँदै दार्चुला जोड्ने सडक, सेती लोकमार्गअन्तर्गत जडार–थामलेक खण्ड कालोपत्रे तथा चैनपुर–ताक्लाकोट सडक निर्माणलाई प्राथमिकतामा राख्न उनले सिफारिस गरेका छन्।

यसैबीच, सडक विभागमा भएको छलफलपछि चैनपुर–ताक्लाकोट सडकको निर्माण आगामी असार १५ भित्र सम्पन्न गर्ने सहमति भएको छ। तोकिएको समयमा काम नसके ठेक्का रद्द गरी निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । स्थानीयवासीले वर्षौंदेखि अधुरा सडक आयोजना शीघ्र सम्पन्न गर्न सरकारसँग माग गर्दै आएका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज