Advertisement

एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई

Advertisement

काठमाडाैँ- नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदलको बिहीबारको बैठकले प्राप्त सुझावहरू समेटेर प्रतिवेदन तयार पार्न उपाध्यक्ष एवम् कार्यदल संयोजक रामबहादुर थापा (बादलु) र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिएको छ। उपाध्यक्ष थापा अध्यक्ष केपी ओली पक्षमा खुलेका नेता हुन्। महासचिव पोखरेल पार्टी पुनःगठन अभियानका पक्षमा उभिएका नेता हुन्।

कार्यदलको बैठकमा देशभरिबाट प्राप्त सुझावहरूबारे महासचिव पोखरेलले ब्रिफिङ गरेका थिए। एमाले सचिव शेरधन राईले दिएको जानकारी अनुसार संयोजक र महासचिवले प्रतिवेदनको ड्राफ्ट तयार पारेर कार्यदलमा पेस गर्नेछन्।

कार्यदलले पार्टी सचिवालयमा र सचिवालयले केन्द्रीय कमिटीमा प्रतिवेदन लैजानेछ। कार्यदलको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै पार्टीभित्रको एकतामा जोड दिएका थिए। ओलीले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन, एवं पार्टी शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरण सहितको पार्टी पुनर्गठनको कार्ययोजना तयार गर्न उनले आग्रह गरेका थिए।

कार्यदलका सदस्य सचिव समेत रहेका महासचिव पोखरेलले विभिन्न १३ स्थानमा सञ्चालित सुझाव संकलन कार्यक्रम सम्पन्न भई प्रतिवेदनहरू प्राप्त भएको जानकारी बैठकमा दिएका थिए। उक्त सुझाव संकलन कार्यक्रमको व्यवस्थापन गर्ने कमिटीहरू र कार्यक्रममा सहभागी भई महत्त्वपूर्ण सुझाव उपलब्ध गराउने सबैलाई कार्यदलले धन्यवाद दिएको छ।

सुझाव संकलनकै सिलसिलामा व्यस्त रहेको अवस्थामा पार्टीका उपाध्यक्ष तथा कार्यदलका सदस्य विष्णु पौडेललाई राजनीतिक प्रतिशोधपूर्ण तरिकाले गिरफ्तार गरिएको भन्दै बैठकले निन्दा र भर्त्सना पनि गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज