Advertisement

बझाङका युवा नेता कमल थापाद्वारा विप्लव नेतृत्वको नेकपाबाट राजीनामा

Advertisement

धनगढी- विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा माओवादीका नेता कमल थापाले पार्टीको सदस्यता तथा सम्पूर्ण संगठनात्मक जिम्मेवारीबाट राजीनामा दिएका छन्।
बिहीबार सार्वजनिक गरेको लामो राजीनामा पत्रमार्फत थापाले पार्टीको वैचारिक दिशा, कार्यनीति तथा निर्णय प्रक्रियाप्रति असहमति जनाउँदै राजीनामा दिएको जानकारी दिएका हुन्। उनले पछिल्लो समय पार्टीका केन्द्रीय समितिका बैठकबाट पारित कार्यनीति तथा निर्णयहरूमा देखिएको अस्पष्टता, वैचारिक विचलन र आत्मरतिमा आधारित निर्णय प्रक्रियाले आफूलाई गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेका छन्।
थापाले पार्टीभित्र विभिन्न जिम्मेवारी निर्वाह गर्दै जिल्ला पार्टी सचिवालय सदस्य, विभिन्न मोर्चाका तीन जिल्लाको इन्चार्ज, केन्द्रीय सचिवालय सदस्य तथा अखिल (समाजवादी) राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्यसम्मको भूमिका निभाएका थिए।
राजीनामा पत्रमा उनले आफू पार्टीबाट अलग भए पनि न्याय, समानता, स्वतन्त्रता र मानव मुक्तिको आदर्शबाट भने अलग नभएको बताएका छन्। “आज म पार्टी छोड्दै छु, तर क्रान्तिको सपना छोडेको छैन,” उनले पत्रमा उल्लेख गरेका छन्।
थापाले आजकै मितिदेखि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तथा मातहतका सबै संगठनात्मक जिम्मेवारी, सदस्यता र पदबाट राजीनामा दिएको र आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको जानकारी गराएका छन्।
उनले संघर्षका सहयात्रीहरूप्रति सम्मान व्यक्त गर्दै विचार र बाटो फरक भए पनि न्यायपूर्ण समाज निर्माणको साझा सपना कायम रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन्। राजीनामा पत्रको अन्त्यमा उनले “कहिलेकाहीँ एउटा यात्रा समाप्त गर्नु पराजय होइन, सत्यप्रति इमानदार रहन गरिएको साहसी निर्णय हो” भन्दै आफ्नो निर्णयलाई अन्तरआत्माको आवाजका रूपमा प्रस्तुत गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज