बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारिएको छ। मेला नजिकिँदै गएसँगै मेला मूल आयोजक समिति, स्थानीय युवा, खेलाडी, समाजसेवी तथा स्थानीयवासी तयारीमा जुटेका छन्।
परम्परादेखि मनाइँदै आएको बिरीजात मेला यस वर्ष विगतका वर्षभन्दा फरक र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको मेला मूल आयोजक समितिले जनाएको छ। विगतमा मुख्यतः देउडा, ढाँके नाच, भलिबल तथा क्रिकेटजस्ता गतिविधिमा सीमित हुँदै आएको मेलामा यस वर्ष खेलकुद प्रतियोगितादेखि राष्ट्रियस्तरका कलाकारको प्रस्तुति र सांस्कृतिक कार्यक्रमसम्म समेटिने भएका छन्।
यसकारण पनि यसपटकको बिरीजात मेलालाई स्थानीयले सामान्य मेलाभन्दा माथि उठेर ‘सानो महोत्सव’कै रूपमा लिन थालेका छन्। मेलालाई सभ्य, भव्य, मर्यादित र अविस्मरणीय बनाउन स्थानीयस्तरबाट आर्थिक, भौतिक तथा नैतिक सहयोगस...











