काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणालीको सुदृढीकरण तथा अन्तर्राष्ट्रिय विस्तार रणनीतिलाई थप प्रभावकारी बनाउन सुश्री निशा चौधरीलाई प्रमुख कार्यकारी अधिकृत (Chief Executive Officer – CEO)को रूपमा नियुक्ति गरी नेतृत्व संरचनामा परिवर्तन गरेको छ ।

कम्पनीका संस्थापक तथा समूह अध्यक्ष श्री अस्मित चौधरीको नेतृत्वमा सो निर्णय गरिएको होे । कम्पनीको दैनिक सञ्चालन, रणनीतिक योजना, व्यवसाय विस्तार, कर्मचारी प्रशासन, साझेदारी, परियोजना कार्यान्वयन तथा अन्य कार्यकारी निर्णयहरूको जिम्मेवारी प्रदान गरेको छ। ए.सी.जी. ग्रुप एक होल्डिङ कम्पनीका रूपमा विभिन्न व्यवसायहरूलाई एकीकृत गर्दै नेपालबाट अन्तर्राष्ट्रिय बजारसम्म आफ्नो उपस्थिति विस्तार गर्ने दीर्घकालीन लक्ष्यमा अघि बढिरहेको कम्पनीले जनाएको छ।
समूहले उच्च गुणस्तरीय सेवा, आधुनिक व्यवस्थापन, नवीनतम प्रविधि र ग्राहकको विश्वासलाई कम्पनीले मुख्य प्राथमिकतामा राखेको छ। नेतृत्व टोलीले ए.सी.जी. ग्रुपलाई विश्वस्तरीय व्यवसायिक समूहका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने र विश्व बजारमा आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ। कम्पनीले कर्मचारी, व्यवसायिक साझेदार, ग्राहक तथा शुभेच्छुकहरूप्रति निरन्तर सहयोग र विश्वासका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा र दिगो विकासका लागि प्रतिबद्धता जनाएको छ।
नेपालबाट विश्व बजारतर्फ नेतृत्व टोलीले ए.सी.जी. ग्रुपलाई विश्वस्तरीय व्यवसायिक समूहका रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने र विश्व बजारमा आफ्नो पहिचान स्थापित गर्ने लक्ष्य लिएको छ । कम्पनीले कर्मचारी, व्यवसायिक साझेदार, ग्राहक तथा शुभेच्छुकहरूप्रति निरन्तर सहयोग र विश्वासका लागि हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा र दिगो विकासका लागि प्रतिबद्धता जनाएको छ ।

