Advertisement

बिरीजात मेलाको तयारी तीव्र, लोप हुँदै गएको संस्कृति जोगाउन मेलालाई नयाँ स्वरूप दिइँदै

Advertisement

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरीमा आयोजना हुन लागेको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक बिरीजात मेलाको तयारी तीव्र पारिएको छ। मेला नजिकिँदै गएसँगै मेला मूल आयोजक समिति, स्थानीय युवा, खेलाडी, समाजसेवी तथा स्थानीयवासी तयारीमा जुटेका छन्।
परम्परादेखि मनाइँदै आएको बिरीजात मेला यस वर्ष विगतका वर्षभन्दा फरक र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरिएको मेला मूल आयोजक समितिले जनाएको छ। विगतमा मुख्यतः देउडा, ढाँके नाच, भलिबल तथा क्रिकेटजस्ता गतिविधिमा सीमित हुँदै आएको मेलामा यस वर्ष खेलकुद प्रतियोगितादेखि राष्ट्रियस्तरका कलाकारको प्रस्तुति र सांस्कृतिक कार्यक्रमसम्म समेटिने भएका छन्।
यसकारण पनि यसपटकको बिरीजात मेलालाई स्थानीयले सामान्य मेलाभन्दा माथि उठेर ‘सानो महोत्सव’कै रूपमा लिन थालेका छन्। मेलालाई सभ्य, भव्य, मर्यादित र अविस्मरणीय बनाउन स्थानीयस्तरबाट आर्थिक, भौतिक तथा नैतिक सहयोगसमेत उत्साहजनक रूपमा जुटिरहेको छ।

स्थानीयको उत्साह बढ्दो
मेलालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न पूर्ववडाध्यक्षसमेत रहेका पदमबहादुर मण्डेलको अध्यक्षतामा बिरीजात मेला मूल आयोजक समिति गठन गरिएको छ। समितिले अहिले मेला व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग अभियानसमेत सञ्चालन गरिरहेको छ।
अभियानमा स्थानीयवासी, खेलप्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता बढ्दै गएको आयोजकले जनाएको छ। मेलाप्रति स्थानीयको बढ्दो सक्रियताले यस वर्षको बिरीजात मेला विगतको तुलनामा थप व्यवस्थित र आकर्षक हुने अपेक्षा गरिएको छ।
स्थानीयवासीका अनुसार अन्य ठाउँमा ठूला तथा व्यवस्थित मेला-महोत्सव सञ्चालन भइरहँदा आफ्नै ठाउँको ऐतिहासिक बिरीजात मेला अपेक्षाकृत व्यवस्थित हुन नसक्दा दुःख लाग्ने गरेको थियो। तर अहिले स्थानीय तहबाटै मेला सफल बनाउन देखिएको सक्रियताले आफूहरू उत्साहित भएको उनीहरूको भनाइ छ।

गत वर्ष कार्यक्रमविहीन बनेको थियो मेला
विगतका वर्षमा बिरीजात मेलामा देउडा, ढाँके नाच प्रदर्शनी, महिला तथा पुरुष भलिबल, क्रिकेटलगायतका प्रतियोगिता आयोजना हुँदै आएका थिए। तर ती कार्यक्रमले निरन्तरता पाउन नसक्दा गत वर्षको बिरीजात मेला कार्यक्रमविहीनजस्तै बनेको थियो।
स्थानीयको सक्रियता र सहभागिता कमजोर हुँदा मेलाको रौनकसमेत घट्दै गएको स्थानीय बताउँछन्। अहिले भने पुराना कमजोरी सुधार गर्दै मेला व्यवस्थित र मर्यादित बनाउन स्थानीयस्तरबाटै पहल सुरु भएको छ।

कला, संस्कृति र परम्परा संरक्षणमा जोड
पछिल्लो समय कला, संस्कृति, मौलिक परम्परा तथा स्थानीय पहिचानका गतिविधि क्रमशः लोप हुँदै जान थालेपछि त्यसको संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले बिरीजात मेला मूल आयोजक समिति गठन गरिएको समितिले जनाएको छ।
मेला मूल आयोजक समितिका सचिव जनकबहादुर बोहराले बिरीजात मेलालाई केवल मनोरञ्जनको माध्यम नभई स्थानीय कला, संस्कृति, परम्परा र पहिचान संरक्षण गर्ने महत्वपूर्ण अवसरका रूपमा विकास गर्न खोजिएको बताए।
उनका अनुसार विगतमा बाउबाजेको पालामा बिरीजात मेला हेर्न छबिसपाथिभेरामात्रै नभई नौबिससम्मका मानिस आउने गर्दथे। तर समयक्रमसँगै मेलामा अव्यवस्था, झैझगडा तथा अन्य नकारात्मक गतिविधि बढ्दै जाँदा मेलाप्रति आकर्षण घटेको उनको भनाइ छ।
“विगतका कमीकमजोरी सुधार गर्दै बिरीजात मेलालाई सभ्य, भव्य, मर्यादित र व्यवस्थित बनाउने लक्ष्यसहित हामी अघि बढिरहेका छौँ,” सचिव बोहराले भने।
राष्ट्रिय कलाकारको प्रस्तुति मुख्य आकर्षण
यस वर्षको बिरीजात मेलामा विगतको तुलनामा फरक दृश्य देख्न पाइने आयोजकको दाबी छ। विगतका वर्षमा हुँदै आएका भलिबल, ढाँके नाच तथा देउडालगायतका कार्यक्रमलाई निरन्तरता दिँदै यस वर्ष राष्ट्रियस्तरका कलाकारको प्रत्यक्ष प्रस्तुति थप गरिएको छ।
मेलाको अवसरमा खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, ढाँके नाच प्रदर्शनी, विभिन्न सांस्कृतिक कार्यक्रम तथा राष्ट्रिय कलाकारको लाइभ देउडा प्रस्तुति आयोजना गरिने भएको छ।
मेलामा राष्ट्रियस्तरका कलाकार सुनिल नेपाली, संगीता बडुवा, जे.आर. भट्ट र सुशीला बमको प्रस्तुति रहने आयोजकले जनाएको छ। राष्ट्रिय कलाकारको आगमनले मेलामा जिल्लाभित्र तथा बाहिरबाट समेत दर्शकको उपस्थिति बढ्ने अपेक्षा गरिएको छ।
भदौ १२ गते उद्घाटन
बिरीजात मेला यही भदौ १२ गते छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरीमा उद्घाटन गरिने भएको छ। धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिरीजात मेलालाई यस वर्ष थप व्यवस्थित, सभ्य र आकर्षक बनाउँदै स्थानीय कला, संस्कृति र परम्पराको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने आयोजकको लक्ष्य छ।
मेलालाई सफल बनाउन आयोजक समितिले स्थानीयवासी, जनप्रतिनिधि, समाजसेवी, व्यवसायी, खेलाडी, कलाकार तथा सम्पूर्ण शुभेच्छुकलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज