Advertisement

केदारस्युँ गाउँपालिकाको आर्थिक वर्ष २०८१/८२ को वित्तीय प्रगति सार्वजनिक, ८७.१६ प्रतिशत बजेट खर्च

Advertisement

बझाङ– जिल्लाको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८१ / ८२ को आर्थिक प्रगति विवरण सार्वजनिक गरेको छ । असार २५ सम्मको तथ्यांक सार्वजनिक गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षमा जम्मा बजेटको ८७ दशमलब १६ प्रतिशत रकम खर्च भएको जानकारी दिएको हो।

गाउँपालिकाका अनुसार चालु तथा पूँजीगत खर्चसम्बन्धी सबै विवरण संकलन गरी सार्वजनिक गरिएको हो । प्रकाशित विवरणअनुसार चालु खर्चतर्फ विनियोजित ४४ करोड २२ लाख ९९ हजार ६ सय ७९ रुपैयाँ २७ पैसामध्ये ३७ करोड ६९ लाख ८ हजार २८४ रुपैयाँ ७१ पैसा खर्च भएको छ, जुन कुल चालु खर्चको ८५ दशमलब २२ प्रतिशत हो ।

यस्तै, पूँजीगत खर्चतर्फ २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ विनियोजन गरिएकोमा २० करोड ५४ लाख ५ हजार ८ सय ९४ रुपैयाँ ६ पैसा खर्च गरिएको जनाइएको छ, जुन ९०.९९ प्रतिशत खर्च प्रगति हो । पालिकाले चालु आर्थिक वर्षमा ६६ करोड ८० लाख ५३ हजार ६ सय ७९ रुपैयाँ २७ पैसा बिनियोजन गरेको थियो । सो बजेटमध्ये ५८ करोड २३ लाख १४ हजार ७८ रुपैयाँ ७७ पैसा, जुन ८७ दशमलब १६ प्रतिशत हुन आउँछ ।

सार्वजनिक विवरण अनुसार बजेट र खर्च यस्तो छ

सूचनामा भनिएको छ, “वार्षिक नीति तथा कार्यक्रम र बजेट अनुसारका कार्यहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न जनप्रतिनिधि, कर्मचारी तथा सेवाग्राहीहरूको सहकार्य आवश्यक छ।”

वित्तीय विवरण लेखापाल कालुराम चौधरी र प्रमुख प्रशासकीय अधिकृत केशव राज भट्टद्वारा हस्ताक्षर गरी सार्वजनिक गरिएको हो ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराले आर्थिक विवरण सार्वजनिक गर्नु केदारस्यूँको सुशासनप्रतिको प्रतिबद्धताको प्रमाण भएको बताए। उनले भने “हामीले जनप्रतिनिधि भएर जनताको विश्वास जित्न पारदर्शी शासन प्रणालीलाई आधार बनाएका छौँ। आर्थिक वर्ष २०८१/८२ मा पारदर्शी ढंगले बजेट खर्च गर्दै त्यसको लेखाजोखा सार्वजनिक गरिनुले नागरिक उत्तरदायित्वलाई अझ बलियो बनाउनेछ।”
स्थानीय सरकारहरूले आर्थिक पारदर्शिता, समावेशी विकास र नागरिक उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धता सुशासनको मूल मर्म हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज