Advertisement

एक ठाउँ– जहाँ जीवनका हजारौं अनुहार एकैसाथ बोलिरहेका हुन्छन्

Advertisement

काठमाडौँ- काठमाडौँको मुटुमा रहेको पशुपति क्षेत्र — एक यस्तो स्थान जहाँ आस्थाको ध्वनि नित्य गुञ्जिरहेको हुन्छ, जहाँ दिनभर भक्तजनहरू भगवान पशुपतिनाथको दर्शनमा लीन हुन्छन्। भजनको मधुर स्वर, घण्टीको ताल, आराधनाको स्पर्श, र भावनाको गहिरो बहाव त्यहाँ पाइन्छ। तर, त्यो आराधनाको घेराभित्रै अर्कै संसार पनि छ, जुन हेर्दा मनमा गहिरो पीडा र चिन्तन जाग्छ।
त्यहीँ कतै छेउमा कोही भेटघाटमा रमाइरहेका छन्, रमाईलो गर्दै तस्बिर खिच्न व्यस्त छन्। सेल्फी र स्मृति टिप्न तल्लीन छन्। अरू कोही चाहिँ व्यापारिक झोला बोकी दैनिक जीविकाका लागि पसिना बगाइरहेका छन् — कपाल बनाउने, माला बेच्ने, प्रसाद सजाउने, धूप बाल्नेहरू। उनीहरूको अनुहारमा विश्वास छ, तर थकान लुकेको छ।
तर, ती रमाइला दृश्यहरूसँगै त्यही ठाउँमा अझै गहिरो पीडा पनि पसारिएको हुन्छ।
त्यसै बिच कतै कसैको हात छैन, कसैको खुट्टा छैन – उनीहरू लाचार छन्, तर हिम्मत बाँकी छ। कोही स्त्री काखमा शिशु च्यापेर, एउटै हात फैलाएर गुहार मागिरहेकी छन्। पापी पेट पाल्नको लागि उनीहरूको आत्मसम्मान साँघुरिएको छ।
कोही वृद्ध – आँखामा शून्यता, शरीरमा थकान, तर हात फैलाएर जीवनको बाँकी सास धान्न खोजिरहेका छन्।
तिनै पवित्र आराधनाको परिसरमा ती मानिसहरू पनि छन्, जो आँखा नदेख्ने भए तापनि काँधमा साना सामान राखेर “रोजी” खोजिरहेका छन्।
शरीर त उनका पनि हुन्छ, आत्मा पनि होला तर त्यो शरीर निरन्तर जलिरहेको देखिन्छ — ठूलो रापमा, भोकको तापमा, तिरस्कारको तापमा। यस्तै कयौं भगवान् को प्रिय भएर लास जलिरहेका छन् ।
यहाँ यस्तो अनुभूति हुन्छ, जस्तो एउटा ठाउँमा संसारका सबै रंगहरू – श्रद्धा, भक्ति, व्यापार, रमाइलो, बिचलन र बेदना – एकैचोटि मिसिएको होस्। यो त्यो ठाउँ हो, जहाँ मान्छेहरू आशाको उज्यालो खोज्दै आएका छन्, तर कतिपयका लागि त्यो उज्यालो अझै टाढा टल्किरहेको हुन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज