Advertisement

सुर्मा देवी बिरीजात मेला: सुदूरपश्चिमको आस्था, परम्परा र पुनर्मिलनको उत्सव

Advertisement

बझाङ- साउन कृष्ण औंसीदेखि प्रारम्भ भई आधा महिनासम्म चल्ने सुर्मा देवी बिरीजात मेला अहिले सुदूरपश्चिमको बझाङ र दार्चुलामा विशेष रौनकता छाएको छ। यो मेला धार्मिक श्रद्धा, सांस्कृतिक पहिचान र सामाजिक समागमको प्रतीक मानिन्छ। यो मेला बिशेषगरि सुर्मा देवीका करियाहरूले मनाउने गर्दछन् । अहिले बझाङको सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका , दुर्गाथलि गाउँपालिका , जयपृथ्वी नगरपालिकाका सुर्मा देवीको पुजा स्थलमा मेलाको रौनकता छाएको हो । प्रत्येक वर्ष लाग्ने मेला यश वर्ष साउन ८ गते बिहीबारदेखि सुभारम्भ भएको छ ।
मेलामा निराहार व्रत, माछा–मासु–लसुन निषेध, खाली खुट्टा हिडडुल, सुर्मा देवीको पूजा–आराधना, ढाका नाच, मागल र ढुस्का गीत गाउने, चाभाइ खेल, र सुर्मा सरोवरमा स्नानजस्ता परम्परागत गतिविधिहरू सम्पन्न हुन्छन्।
मेलाको प्रारम्भ: बाँधा र पूजाआराधना
मेलाको पहिलो दिन, औंसीका दिन करिया, धामीझाँक्री, नाइक, जाग्री जस्ता धार्मिक पात्रहरू सुर्मा मन्दिरमा भेला भई पूजा गर्दछन्। पूजाको क्रममा धामीझाँक्रीहरूको शरीर काँप्ने विशिष्ट परम्परा देखिन्छ। पूजा पश्चात मेलाको औपचारिक सुरुआतलाई “बाँधा” भनिन्छ।
बाँधाबाट सुरुभएको मेला १० दिनसम्म विविध धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरूसहित मनाइन्छ। साँझपख दैपाण मा नाचगान, झाँकी प्रदर्शनी, र ढुस्का गीतहरू गाइन्छ। सानो वा ठूलो बिराइ अनुसार मेलाको रूप फरक हुन्छ। यस वर्ष ठूलो बिराइ परेको छ । सानो बिराइमा थोरै संख्यामा र नयाँ मानिस नजाने चलन रहेको छ । । ठूलो बिराइको समयमा कहिले पनि सुर्मा सरोवर नपुगेका बालबिर(नौलोडा) तथा ठूलो संख्यामा भक्तजन सुर्मा सरोवर स्नान तथा दर्शन गर्न जाने प्रचलन रहेको छ ।

धार्मिक अनुशासन र बाँधाका नियम
बाँधामा सहभागीले शुद्धता कायम राख्नुपर्ने नियम छ। जाँड–रक्सी, मासु, माछा, लसुन सेवन निषेध हुन्छ। छाउछुत नमान्ने, चोखो व्रत बस्ने, र स्नानपश्चात मात्रै भोजन गर्ने परम्परा कायम छ। मेलामा दलितहरूको प्रवेशमा रोक रहने चलन अझै पनि विद्यमान छ।

उपासु पर्व र सरोवर यात्रा
एघारौं दिनमा उपासु पर्व मनाइन्छ। बिहानै स्नान, पूजा, र परिकार पकाइन्छ। भोलिपल्टदेखि सुर्मा सरोवर यात्रा सुरु हुन्छ। श्रद्धालुहरू खोरी, भिण्यान, ल्वाडा, सैन हुँदै १४ हजार फिट उचाइमा रहेको पवित्र सुर्मा सरोवर पुग्छन्। स्नान, मन्दिरमा परिकार चढाउने, र जलप्रसाद ल्याउने परम्परा रहेको छ। राति त्यहीं बसेर अर्को दिन फर्किन्छन्। त्यसपछिको दिन सरोवरको जल मन्दिरमा चढाएर मेला समापन गरिन्छ।

किंवदन्ती: देवीको उत्पत्ति कथा
सर्मा देवीको उत्पत्ति दुर्गाथलि गाउँपालिका स्थित थलिजिउलामा रहेको दुर्गा भगवती मन्दिरबाट भएको जनविश्वास रहेको छ । पैराणिक कथा अनुसार थलि मन्दिरमा जेठी दुर्गा देवी र कान्छी सुर्मा देवी दुई वटै बहिनी श्रीमती सँग भगवान माहालिंग बस्दथे ।
महालिङ्ग भगवान लाई कुष्टरोग लागेपछि रोग निको पार्न लसुन पिसेर लगाउने सल्लाह अनुसार जेठी बहिनी दुर्गा देवीले कान्छी बहिनी सुर्मा देवीलाई लसुन पिस्न आग्रह गरिन सुर्मा देवीले नाखथुनेर लसुन पिस्न थालेपछि दुर्गा देवीले त्यतिकि छिपिलि भया सुर्मा सरोवर बस भनेको बचन सहन गर्न नसकी सुर्मा देवीले थार भनिने जंगली जनावरको भेषमा बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गएर बसिन् ।
जंगली जनावरको भेषमा रहेकी सर्मा देवीले खोरी र घट्टे गाउँका बासिन्दाले घाममा सुकाउदै गरेको अन्न बाली बिस्कुन चोरेर खान थालिन् । सर्मा देवीले दिनहुँ बिस्कुन खानथालेपछि खोरी घट्टे गाउँकि महिलाहरूले श्रीमानलाई सिकार गर्न भनिन् । त्यसपछि पुरुषले तिखा हतियार भालाले थारलाई लखेट्दै जाँदा अन्तमा सुर्मा सरोवर तालमा पुगेर आफ्नो रुप धारण गरेको भन्ने किंवदन्ती रहेको छ ।

पारिवारिक पुनर्मिलन र सामाजिक समागम
सुर्मा मेला परदेशीहरूका लागि पुनर्मिलनको अवसर पनि हो। विदेशिएकाहरू, विवाह भएर गएकी छोरी, बहिनीहरू पनि मेलामा भेला हुन्छन्। मेलाले धार्मिक आस्था, सांस्कृतिक निरन्तरता, र पारिवारिक पुनर्मिलनलाई जीवन्त बनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज