Advertisement

सुर्मा देवी बिरीजात मेला: सुदूरपश्चिमको आस्था, परम्परा र पुनर्मिलनको उत्सव

Advertisement

बझाङ- साउन कृष्ण औंसीदेखि प्रारम्भ भई आधा महिनासम्म चल्ने सुर्मा देवी बिरीजात मेला अहिले सुदूरपश्चिमको बझाङ र दार्चुलामा विशेष रौनकता छाएको छ। यो मेला धार्मिक श्रद्धा, सांस्कृतिक पहिचान र सामाजिक समागमको प्रतीक मानिन्छ। यो मेला बिशेषगरि सुर्मा देवीका करियाहरूले मनाउने गर्दछन् । अहिले बझाङको सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका , दुर्गाथलि गाउँपालिका , जयपृथ्वी नगरपालिकाका सुर्मा देवीको पुजा स्थलमा मेलाको रौनकता छाएको हो । प्रत्येक वर्ष लाग्ने मेला यश वर्ष साउन ८ गते बिहीबारदेखि सुभारम्भ भएको छ ।
मेलामा निराहार व्रत, माछा–मासु–लसुन निषेध, खाली खुट्टा हिडडुल, सुर्मा देवीको पूजा–आराधना, ढाका नाच, मागल र ढुस्का गीत गाउने, चाभाइ खेल, र सुर्मा सरोवरमा स्नानजस्ता परम्परागत गतिविधिहरू सम्पन्न हुन्छन्।
मेलाको प्रारम्भ: बाँधा र पूजाआराधना
मेलाको पहिलो दिन, औंसीका दिन करिया, धामीझाँक्री, नाइक, जाग्री जस्ता धार्मिक पात्रहरू सुर्मा मन्दिरमा भेला भई पूजा गर्दछन्। पूजाको क्रममा धामीझाँक्रीहरूको शरीर काँप्ने विशिष्ट परम्परा देखिन्छ। पूजा पश्चात मेलाको औपचारिक सुरुआतलाई “बाँधा” भनिन्छ।
बाँधाबाट सुरुभएको मेला १० दिनसम्म विविध धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरूसहित मनाइन्छ। साँझपख दैपाण मा नाचगान, झाँकी प्रदर्शनी, र ढुस्का गीतहरू गाइन्छ। सानो वा ठूलो बिराइ अनुसार मेलाको रूप फरक हुन्छ। यस वर्ष ठूलो बिराइ परेको छ । सानो बिराइमा थोरै संख्यामा र नयाँ मानिस नजाने चलन रहेको छ । । ठूलो बिराइको समयमा कहिले पनि सुर्मा सरोवर नपुगेका बालबिर(नौलोडा) तथा ठूलो संख्यामा भक्तजन सुर्मा सरोवर स्नान तथा दर्शन गर्न जाने प्रचलन रहेको छ ।

धार्मिक अनुशासन र बाँधाका नियम
बाँधामा सहभागीले शुद्धता कायम राख्नुपर्ने नियम छ। जाँड–रक्सी, मासु, माछा, लसुन सेवन निषेध हुन्छ। छाउछुत नमान्ने, चोखो व्रत बस्ने, र स्नानपश्चात मात्रै भोजन गर्ने परम्परा कायम छ। मेलामा दलितहरूको प्रवेशमा रोक रहने चलन अझै पनि विद्यमान छ।

उपासु पर्व र सरोवर यात्रा
एघारौं दिनमा उपासु पर्व मनाइन्छ। बिहानै स्नान, पूजा, र परिकार पकाइन्छ। भोलिपल्टदेखि सुर्मा सरोवर यात्रा सुरु हुन्छ। श्रद्धालुहरू खोरी, भिण्यान, ल्वाडा, सैन हुँदै १४ हजार फिट उचाइमा रहेको पवित्र सुर्मा सरोवर पुग्छन्। स्नान, मन्दिरमा परिकार चढाउने, र जलप्रसाद ल्याउने परम्परा रहेको छ। राति त्यहीं बसेर अर्को दिन फर्किन्छन्। त्यसपछिको दिन सरोवरको जल मन्दिरमा चढाएर मेला समापन गरिन्छ।

किंवदन्ती: देवीको उत्पत्ति कथा
सर्मा देवीको उत्पत्ति दुर्गाथलि गाउँपालिका स्थित थलिजिउलामा रहेको दुर्गा भगवती मन्दिरबाट भएको जनविश्वास रहेको छ । पैराणिक कथा अनुसार थलि मन्दिरमा जेठी दुर्गा देवी र कान्छी सुर्मा देवी दुई वटै बहिनी श्रीमती सँग भगवान माहालिंग बस्दथे ।
महालिङ्ग भगवान लाई कुष्टरोग लागेपछि रोग निको पार्न लसुन पिसेर लगाउने सल्लाह अनुसार जेठी बहिनी दुर्गा देवीले कान्छी बहिनी सुर्मा देवीलाई लसुन पिस्न आग्रह गरिन सुर्मा देवीले नाखथुनेर लसुन पिस्न थालेपछि दुर्गा देवीले त्यतिकि छिपिलि भया सुर्मा सरोवर बस भनेको बचन सहन गर्न नसकी सुर्मा देवीले थार भनिने जंगली जनावरको भेषमा बुडखोरीमा रहेको सुर्मा मन्दिरमा गएर बसिन् ।
जंगली जनावरको भेषमा रहेकी सर्मा देवीले खोरी र घट्टे गाउँका बासिन्दाले घाममा सुकाउदै गरेको अन्न बाली बिस्कुन चोरेर खान थालिन् । सर्मा देवीले दिनहुँ बिस्कुन खानथालेपछि खोरी घट्टे गाउँकि महिलाहरूले श्रीमानलाई सिकार गर्न भनिन् । त्यसपछि पुरुषले तिखा हतियार भालाले थारलाई लखेट्दै जाँदा अन्तमा सुर्मा सरोवर तालमा पुगेर आफ्नो रुप धारण गरेको भन्ने किंवदन्ती रहेको छ ।

पारिवारिक पुनर्मिलन र सामाजिक समागम
सुर्मा मेला परदेशीहरूका लागि पुनर्मिलनको अवसर पनि हो। विदेशिएकाहरू, विवाह भएर गएकी छोरी, बहिनीहरू पनि मेलामा भेला हुन्छन्। मेलाले धार्मिक आस्था, सांस्कृतिक निरन्तरता, र पारिवारिक पुनर्मिलनलाई जीवन्त बनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज