Advertisement

कैलाली कारागार घटना : ‘भीड व्यवस्थापन र सुधार अब अनिवार्य’ – केदारस्यूँ गाउँपालिका अध्यक्ष बोहरा

Advertisement

धनगढी- कैलाली कारागारमा शुक्रबार मध्यराति कैदीबन्दी बिच हिंसात्मक झडप भयो ।दुई पक्षबीच भएको झडपका क्रममा ढुंगामुडासंगै जिमका लागि राखिएका सामाग्री हानाहान भएको थियो । उक्त हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको ज्यान गयो, भने अन्य ४७ जना घाइते छन् ।

यहीँ हिंसात्मक घटना ‘अत्यन्त दुःखद’ भएको बताउँदै बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले यस्ता घटनाबाट तत्काल पाठ सिक्नुपर्नेमा जोड दिएका छन्। उनले समयमै योजनाबद्ध रूपमा कारागार व्यवस्थापन गर्न नसके, यस्ता घटना कैलाली मात्र नभई देशका अन्य धेरै कारागारमा पनि दोहोरिन सक्ने सम्भावना रहेको बताए ।
अध्यक्ष बोहराले अत्यधिक भीडभाड र कैदी संख्या क्षमता भन्दा बढी नाघ्नु यस घटनाको प्रमुख कारण हुनसक्ने समेत बताए। उनले यसलाई केवल एक पक्षको गल्ती नभई कारागार प्रशासन, सुरक्षाकर्मी र कैदीहरूकै कमजोरीको संयुक्त परिणामका रूपमा व्याख्या गरेका छन् ।
उनले यस्ता घटना रोकथामका लागि भीड व्यवस्थापन, प्रारम्भिक सूचना प्रणाली, सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, भौतिक संरचना सुधार, क्षमता तथा संस्कार विकास कार्यक्रम, गुनासो व्यवस्थापन प्रणाली र बाह्य निगरानी तथा निरीक्षण जस्ता उपाय अवलम्बन गर्नुपर्ने सुझाव दिए ।
विशेषगरी, कैदी संख्या क्षमता अनुसार सीमित राख्ने, दीर्घ सजाय र छोटो सजाय भएका कैदीलाई फरक–फरक व्यवस्थामा पठाउने, सामुदायिक सेवा वा वैकल्पिक सजायको व्यवस्था गर्ने, कैदीबीच विवादको संकेत देखिँदा तुरुन्त रिपोर्ट गर्ने प्रणाली विकास गर्ने, सुरक्षाकर्मीलाई मनोवैज्ञानिक तालिम दिने, निगरानी क्यामेरा तथा सुरक्षा बल मजबुत बनाउने, र कैदीहरूको मनोबल तथा व्यवहार सुधारका लागि शिक्षा, तालिम र सांस्कृतिक गतिविधि सञ्चालन गर्नमा जोड दिए।
अध्यक्ष बोहराले गुनासो व्यवस्थापन प्रणालीलाई पारदर्शी र छरितो बनाउनुपर्नेमा पनि जोड दिँदै मानव अधिकार आयोग, जेल सुधार समिति र नागरिक समाजबाट नियमित निरीक्षण हुनुपर्ने बताए। साथै, घटना सत्यतथ्य छानबिन गरी दोषी प्रशासन वा सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने उनको धारणा छ।

झडपमा घाइते भएकाहरूको सेती प्रादेशिक अस्पताल बाट तत्कालीन कोरानाकालमा निर्माण गरिएको अस्पतालमा सारेर उपचार भइरहेको छ । भने झडपमा घाइते गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई काठमाडौँ लगिएको छ ।

घाइते भएका ४७ कैदीबन्दी यी हुन्:

१) जिवन खत्री गोदावरी नगरपालिका– ९ कैलाली

२) रोशन शाही, धनगढी उपमहानगरपालिका– ५ कैलाली

३) जनक देउवा, धनगढी– ५ कैलाली

४) नविन नाथ, गौरिगंगा– ७ कैलाली

५। शरद चौधरी, धनगढी– ५ कैलाली

६) नरेश राना, धनगढी– १३ कैलाली

७( बसन्त खत्री, धनगढी– ८ कैलाली

८) राम निवास राना, धनगढी– १० कैलाली

९) कर्ण सलामी मगर, मोहन्याल– ३ कैलाली

१०) अभिषेक चौधरी, घोडाघोडी– ५ कैलाली

११) धिरज बम, बर्दगोरिया गाउँपालिका– १ कैलाली

१२) मेकेन्द्र गिरी, त्रिवेणी नगरपालिका– ८ बाजुरा

१३) रन्जित सिंह, लखिमपुर कवेरी, भारत

१४) निरज जैशी, जानकी गाउँपालिका– ९ कैलाली

१५) जगदिश राना, धनगढी– १० कैलाली

१६) हिमाल राना, धनगढी– ८ कैलाली

१७) बल राना, धनगढी–५ कैलानी

१८) हर्क गिरी, धनगढी– १८ कैलाली

१९) जनक भण्डारी, लम्कीचुहा– १० कैलाली

२०) किशोर खडायत, भिमदत्त– ८ कञ्चनपुर

२१) अमित भुल, टिकापुर– १ कैलाली

२२) कल्पेश बिष्ट, टिकापुर– १ कैलाली

२३) दीपक खत्री, गोदावरी– १० कैलाली

२४) दिनेश साउँद, लम्कीचुहा– १ कैलाली

२५) रवि चौधरी, धनगढी– ४ कैलाली

२६) अंकित बानिया, पालिनन्दन– १ नवलपरासी

२७) सिद्धार्थ बडेला, गोदावरी– ९ कैलाली

२८) बिवेक चौधरी, जोशीपुर–१

२९) मनिष चौधरी, कैलारी–८ कैलाली

३०) गौरब बम, शुक्लाफाँटा– ८ कञ्चनपुर

३१) विवस चौधरी, घोडाघोडी–३ कैलाली

३२) शिव थापामगर, टिकापुर– १ कैलाली

३३) अर्जुन खड्का, धनगढी– १३ कैलाली

३४) पुष्पेन्द्र रानार, लखिमपुर खिरि वनगाउ भारत

३५) नरेन्द्र घरेडी, डिलासैनी गाउँपालिका–२ बैतडी

३६) देवेन्द्र सिंह, जानकी गाउँपालिका–२ कैलाली

३७) सन्जु दमाई, बर्दगोरीया–३ कैलाली

३८) विरेन्द्र चौधरी, गोदावरी–१ कैलाली

३९) मानबिर चौधरी, धनगढी–८ कैलाली

४०) मिलन चन्द, धनगढी– ५ कैलाली

४१) बिरबहादुर बिष्ट

४२) आयुश भट्ट, गोदावरी– २ कैलाली

४३) एकेन्द्र भाट, धनगढी– ६ कैलाली

४४) सुरेश राना, पुनर्वास– १ कञ्चनपुर

४५) पंकज चौधरी, धनगढी–२ कैलाली

४६) मिनबहादुर बिष्ट, अमरगढी–४ डडेल्धुरा

४७) सुरेन्द्र बम, गोदावरी–८ कैलाली

कैलाली कारगारमा झडप भएको शुक्रबार पहिलोपटक होइन । बिहीबार राति पनि कैदीबन्दीबीच हानाहान भएको थियो। पाँच जना घाइते भएका थिए ।

कारागारमा फितलो सुरक्षाका कारण हिंसात्मक घटना : मानव अधिकार आयोग

मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारमा शुक्रबार राति भएको घटनामा गम्भीर लापरबाही भएको औंल्याएको छ ।
मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको हो ।
कारागार प्रशासनका प्रमुख विदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही,क्षमता भन्दा बढि कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना घटनाको मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले बताए ।

छानबिन समिति गठन

शुक्रबार रातिको घटनाको बिस्तृत अनुसन्धान गर्न जिल्ला सुरक्षा समितिको बैठकले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरेको छ ।

शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको छानबिन गरि १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बुङ्गलमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन

बझाङको बुङ्गल नगरपालिका–३ तिपधारमा २३ सदस्यीय समाज सुधार युवा क्लब गठन गरिएको छ। भरत मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले परमा...
अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

अछामका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने

धनगढी- अछामको ढकारी गाउँपालिका–३, तालीका टेकबहादुर बुढाले यस वर्ष दसैँ नमनाउने भएका छन्। बाढीबाट प्रभावित नागरिकको दुःखलाई मध्यनजर...
कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

कैलालीका युवा करन साउदले गरे यस वर्ष दसैँ नमनाउने निर्णय

धनगढी- कैलालीका युवा करन साउदले बाढीपहिरोबाट प्रभावित परिवारको पीडालाई मध्यनजर गर्दै यस वर्ष व्यक्तिगत रूपमा दसैँ नमनाउने निर्णय ग...
दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

दुर्गाथलीको अध्यक्षका बलिया दाबेदार : स्वच्छ छविका युवा नेता

बझाङ: दुर्गाथली गाउँपालिकामा आगामी स्थानीय नेतृत्वको चर्चा चलिरहँदा नेकपा एमालेका एक युवा नेता महेश जोशी अध्यक्ष पदका बलिया दाबेदा...
सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

सुदूरपश्चिममै डाक्टर उत्पादन हुने बाटो खुल्यो, गेटामा एमबीबीएसका ५० सिट

धनगढी- सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्या...
सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

सुदूरपश्चिम विश्वविद्यालयको डीनमा बझाङका डा. धामी नियुक्त

धनगढी- सुदूरपश्चिम विश्वविद्यालयको स्वास्थ्य विज्ञान संकाय, डडेल्धुराको डीनमा सहप्राध्यापक डा. डबल बहादुर धामी नियुक्त भएका छन्। ब...
अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

अब घरमै आइपुग्नेछ नेपाल टेलिकमको सिमकार्ड, यस्तो छ प्रक्रिया

काठमाण्डौ- नेपाल टेलिकमको नयाँ सिमकार्ड लिन अब कार्यालयमै पुग्नुपर्ने बाध्यता हट्ने भएको छ। सरकारले अनलाइन आवेदनमार्फत घरमै सिमकार...
भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

भोटेकोशी बाढीपीडित ४ हजार १०८ परिवारलाई ४५ हजारका दरले राहत

काठमाडौँ- भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका ४ हजार १०८ परिवारलाई सरकारले प्रतिपरिवार ४५ हजार रुपैयाँका दरले नगद स...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज