Advertisement

बझाङको ‘मिनी खप्तड’- बित्थडको सरसफाइ, पर्यटकको आकर्षण बढ्दै

Advertisement

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–१ मा अवस्थित पर्यटकीय स्थल मिनी खप्तड का रूपमा परिचित माथिल्लो बित्थड क्षेत्रमा सरसफाइ गरिएको छ। पर्यटकीय महत्व बोकेको यो क्षेत्र फोहोर तथा दुर्गन्धित बन्दै गएकाले सरसफाइ अभियान सञ्चालन गरिएको हो।
शनिबार बित्थडचिर गाउँपालिका–१ का अध्यक्ष मानबहादुर बोहरा (मन्नो) को अगुवाइमा सरसफाइ गरिएको हो । कार्यक्रममा वडा नं. ४ का अध्यक्ष कलक बहादुर बोहरा, वडा नं. ६ का अध्यक्ष हरिश खड्का, अन्य जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, जिल्ला खेलकुद समितिका पदाधिकारी, व्यापारी तथा स्थानीयवासीको सक्रिय सहभागिता रहेको थियो।
वडाध्यक्ष बोहराका अनुसार केही दिनअघि सम्पन्न क्रिकेट प्रतियोगितापछि क्षेत्रमा संकलित फोहोर व्यवस्थापन गरी बित्थडलाई स्वच्छ र आकर्षक बनाइएको हो।
पछिल्लो समय बित्थड आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्दै गएको छ। दैनिकजसो १०० भन्दा बढी पर्यटकहरू यो क्षेत्रमा घुम्न आउने गरेका छन्। खासगरी स्थानीय तहका टोलिहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, विद्यालयका विद्यार्थी समूह तथा रमाइलोका लागि आउने पर्यटकहरू यहाँ आउने गरेका छन्।
जयपृथ्वी राजमार्गबाट करिब १ किलोमिटर दूरीमा अवस्थित बित्थडको प्रमुख आकर्षणमा हराभरा वनजंगल, पुराना मठमन्दिर, ऐतिहासिक भाडी गुफा, सर्लक्क परेको भू–भाग र मनोरम पार्क रहेका छन्। यिनै विशेषताहरूले पर्यटकको मन तान्ने गरेको छ।
गाउँपालिकाले बित्थडलाई व्यवस्थित पर्यटकीय गन्तव्य बनाउन विभिन्न भौतिक संरचना निर्माणको कार्य अघि बढाएको छ। स्थानीयको सक्रियता र स्थानीय सरकारको पहलले बित्थड निकट भविष्यमै बझाङकै प्रमुख पर्यटनस्थलको रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

ए.सी.जी. ग्रुपकाे CEO मा निशा चौधरी नियुक्त, 

  काठमाडौँ : २०८३ भदौ ६ गते (२२ अगस्ट२०२६) गतेका दिन बसेको बैठकले ए.सी.जी. ग्रुपले आफ्नो संस्थागत विकास, व्यवस्थापन प्रणाल...
जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीमा गेटामा रक्तदान कार्यक्रम आयोजना

धनगढी- राष्ट्रिय विभूति एवम् मानवतावादी चिन्तक जयपृथ्वीबहादुर सिंहको १५०औँ जन्मजयन्तीको अवसरमा कैलालीको गेटामा विशेष रक्तदान कार्य...
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार पदमा डा. दीर्घराज जोशीको उम्मेदवारी

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार (कुलसचिव) पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन्। प्रतिष्ठानले सार्वजन...
केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

केदारस्युँ-९ मा रास्वपाबाट मल्लको उम्मेदवारी दिने तयारी

बझाङ- बझाङको केदारस्युँ गाउँपालिका- ९ को वडाध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धिरेन्द्र मल्लले उम्मेदवारी ...
जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

जन्मदिनको अवसरमा समाजसेवी थापाद्वारा प्रतिक्षालय निर्माण गरी हस्तान्तरण

अछाम- अछामको चौरपाटी गाउँपालिका-१ सिउँडी खातिवाडा निवासी समाजसेवी तथा सिउँडी माध्यमिक विद्यालयका पूर्व विद्यालय व्यवस्थापन समिति अ...
कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

कैलालीको भजनीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

धनगढी- कैलालीको भजनी नगरपालिका–४ कुडीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बुधबार राति करिब ९ बजे धनौराबाट भजनीतर्फ...
आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

आज देशभर वर्षाको सम्भावना, तीन प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेको छ।...
ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

ट्रम्पद्वारा इरानमाथि थप कडा आर्थिक प्रतिबन्धको चेतावनी

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि पुनः कडा आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। दुई देशबीच पाँच महिन...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज