Advertisement

सहकर्मीलाई धम्क्याउने धौलागिरि अस्पतालका डाक्टरले मागे माफी

Advertisement

बागलुङ —अस्पतालमा कार्यरत सहकर्मी चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई धम्क्याउने धौलागिरि अस्पतालका मेडिकल अधिकृत नन्दनप्रसाद शाहले सार्वजनिक माफी मागेका छन् ।

पीडितले सेवा ठप्प पारेर प्रशासनमा सुरक्षा माग्न पुगेपछि शाहले आगामी दिनमा त्यस्तो कार्य नगर्ने लिखित प्रतिबद्धता जनाएका हुन् । अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाइ शाहले केही दिनअघि निधारमा गोलीको टिका लगाइदिने धम्की दिएका थिए ।

उक्त धम्की दिएपछि काम गर्न असहज भएको भन्दै सुरक्षा मागेर प्रशासनमा पुगेका चिकित्सक र स्वास्थ्यकर्मीलाई प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले सुरक्षाको प्रत्याभूति दिने भन्दै आश्वास्त पारेका थिए । प्रशासनमै भएको सर्वपक्षीय बैठकमा शाहले लिखित माफी मागेका हुन् ।

अत्यावश्यक सेवा भएकोले चिकित्सक र स्वास्थ्यकर्मीले पनि आन्दोलन छाडेर काममा फर्केका छन् । प्रजिअ सुवेदी सहित अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेल, व्यवस्थापन समितिका सदस्यहरु, प्रमुख मेडिकल अधिकृत रविरन्जन प्रधान लगायतको उपस्थितिमा उक्त सहमति भएको हो ।

अस्पतालमा दैनिक ४ सय जना सम्म बिरामी उपचारकालागि जाने गरेका छन् । तर शाहको धम्कीले चिकित्सकले काम गर्न सकेका थिएनन् । शाहले डाक्टरहरुलाई निधारमा गोलीको टिका लगाइदिने धम्की दिएको पीडितले गुनासो गरे । उनीहरुले अस्पताल प्रशासनलाईपनि ध्यानाकर्षण पत्र बुझाएका थिए । शाहले धम्की दिएपछि कतिपयले उनी भएको स्थानमा जान समेत डराएका थिए ।

अस्पताल व्यवस्थापन समितिले पनि शाहलाई स्पष्टीकरण सोधेर पीडितलाई काम गर्ने वातावरण बनाउने निर्णय गरेको एक सदस्यले बताए । पछिल्लो समय अस्पतालमा विभिन्न कारणले उपचार सेवा समेत प्रभावित भएको गुनासो आएको छ । मेसु प्रधान र व्यवस्थापन समितिबीच पनि राम्रो सम्बन्ध छैन । जसका कारण उपचार सेवामा पनि असर परिरहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

रास्वपा बझाङ जिल्ला अधिवेशनमा मत हेरफेरको आरोप, उपसभापति पदका उम्मेदवार रोकायाद्वारा न्यायको माग

बझाङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अधिवेशनमा निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। उपसभापति पदका उम्मेदवार...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज