Advertisement

सुदूरपश्चिममा २४ घर जलेर पुर्ण क्षति , १९ जंगलमा डढेलो

Advertisement

बैतडीमा जंगलमा लागेको डढेलोमा परि हालै मात्र दुई महिला घाइते भए।

जिल्लाको दशरथचन्द नगरपालिका–१ देउमडाकी ५४ वर्षीया मानमती भुल र ४६ वर्षीया धौली भुल डढेलोमा परेर घाईते हुन पुगेका हुन्। घाइते दुवैलाई  स्थानीयले उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाउने काम गरेका थिए। घरनजिकैको जंगलमा घाँस काट्ने क्रममा हुरीसँगै आएको डढेलोमा परेर दुवै महिला घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

हाल दुबैको अवस्था सामान्य छ। बैतडीमा मात्र नभएर आगलागीका घटना यसैरी सबैतिर फैलिन पुगेको छ। सुदूरपश्चिममा अहिलेसम्म आगलागीबाट २४ वटा घर पूर्ण रुपमा जलेर खरानीमा परिणत भएका छन्। बैशाख सुरु भएयता प्रदेशभित्र आगलागीका घटना भयावह रुपमा बढ्न सुरु भएको हो।

सुदूरपश्चिममा मात्र हिजो (मंगलबार) सम्म दुई सय २० आगलागीका घटना घटेका छन्। ती आगलागीका घटनामा परेर ६ महिलासहित १० जनाको मृत्यु भइसकेको छ। आगलागीका घटना प्रदेशका नौवटै जिल्लामा एकपछि अर्को बढ्दै गएको छ। चैत अन्तिमसातादेखि आगलागी हुन सुरु भएको थियो। त्यसयता १७ महिला र १२ पुरुष गरि २९ जना आगलागीमा परेर घाइते भएका छन्।

दुई सय ४६ परिवार प्रभावित बन्न पुगेको प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र धनगढीले संकलन गरेको विवरणमा उल्लेख छ। आगलागीबाट ३३ वटा घरमा आंशिक क्षति पुगेको छ भने २४ वटा घर जलेर खरानीमा परिणत भएका छन्। साथै ६६ वटा गोठमा आगलागी हुँदा ९१ वटा पशुचौपायामा क्षति पुगेको छ। आगलागीबाट अहिलेसम्म पाँच करोड ७८ लाख १९ हजार ७ सय मुल्यको धनमाल जलेर नष्ट भएको अनुमान समेत गरिएको छ।१९ जंगलमा आगलागी

सुदूरपश्चिममा नौवटै जिल्लामा गरि अहिलेसम्म १९ वटा जंगलमा डढेलो लागेको छ। जंगलमा डढेलो लाग्दा जीवजन्तुको अस्थित्व नै संकटमा परेको छ। सामुदायिक, राष्ट्रिय र संरक्षित वन क्षेत्रमा समेत डढेलो लागेको हो। वनमा लागेको डढेलो वस्तीसम्म फैलिँदा धेरैका घर तथा गोठ समेत जलेर धनमाल नष्ट हुन पुगेको छ।

जंगल आगलागीबाट मात्र अहिलेसम्म तीन जना घाइते भएका छन्। यसबाट १८ परिवार प्रभावित भएका छन्। ६ घर आंशिक र ४ घर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। ६ गोठमा आगो सल्केर यसबाट ६ पशुचौपायामा क्षति पुगेको छ। जंगल आगलागीबाट मात्र मंगलबारसम्म २३ लाख ६० हजार मुल्यको धनसम्पती जलेर नष्ट भएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज