
धनगढी – केएमसीका स्ववियु अध्यक्ष यमराज जोशी अनेरास्ववियुको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्ववियु अध्यक्ष जोशी नेकपा एमाले सम्बद्ध अनेरास्ववियु केन्द्रिय कमिटी सदस्यमा मनोनीत भएका हुन् ।
देशका ठूला क्याम्पसमा अनेरास्ववियुको तर्फबाट निर्वाचित स्ववियु अध्यक्षहरुलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने केन्द्रीय सचिवालयको निर्णय अनुसार जोशीलाई मनोनीत गरिएको हो ।
देशभरका स्ववियु मध्य उत्कृष्ट काम गर्नेमा कैलाली बहुमुखी क्याम्पस अगाडी रहेको बताइएको छ ।
कैलाली बहुमुखी क्याम्पसमा हाल स्ववियुले शिक्षासँगै सीप अभियान अन्तर्गत नि:शुल्क लोकसेवा, शिक्षक सेवा, बैङ्किङ तयारी कक्षा, कम्प्युटर लगायतका विभिन्न कक्षा सञ्चालन गरिरहेको छ ।
त्यस्तै स्ववियुले क्याम्पसमा शिक्षासँगै संस्कार अभियान पनि चलाएको छ । अध्यक्ष जोशी २०७९ चैत ८ गते केएमसीमा भएको स्ववियु चुनावमा ७२२ मतसहित विजयी भएका हुन् ।

