Advertisement

सुदूरपश्चिममा राजनीतिक नियुक्ति विवाद चर्कियो, एमाले मन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिलाई लिएर सरकारभित्रै विवाद चर्किएको छ। उक्त विवादकै कारण नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मन्त्रीहरूले आज मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका छन्।
राजनीतिक नियुक्तिमा भागबन्डा नमिल्दा असन्तुष्टि बढेको हो। विशेषगरी जिल्ला अस्पतालहरूको अध्यक्ष नियुक्तिमा सहमति जुट्न नसक्दा विवाद उत्कर्षमा पुगेको बताइएको छ।
बैठक सुरु हुनुअघि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की केही समय मुख्यमन्त्री कार्यालय पुगे पनि बैठकमा सहभागी भएनन्। यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल पनि अनुपस्थित रहे। एमालेका मन्त्रीहरू सामूहिक रूपमा बैठकमा नबस्ने निर्णयमा पुगेका थिए।
एमाले मन्त्रीहरू अनुपस्थित भएपछि मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र सामाजिक विकास मन्त्री मेघराज खड्का मात्र सहभागी भएका थिए।
बैठकले भने विभिन्न जिल्ला अस्पतालहरूमा अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ। टिकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्ष पदमा सबैभन्दा बढी विवाद देखिएको थियो। उक्त पदमा एमालेले आफ्नो दाबी राख्दै आएकोमा कांग्रेसले आफ्ना निकट रामबहादुर भण्डारीलाई नियुक्त गरेपछि विवाद थप चर्किएको हो।
यसैबीच, दार्चुला जिल्ला अस्पतालको अध्यक्षमा तोरणप्रसाद अवस्थी, बैतडीमा धनबहादुर क्षेत्री, बाजुरामा धनबहादुर रावत र बझाङमा वीरेन्द्रबहादुर खड्का नियुक्त भएका छन्। बझाङ बाहेक अन्य अधिकांश अस्पतालका अध्यक्ष कांग्रेस निकट मानिएका छन्।
राजनीतिक भागबन्डा नमिल्दा सत्ता गठबन्धनभित्रै असन्तुष्टि बढ्दै गएको देखिएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज