Advertisement

Day: २०८२ चैत्र १२, बिहीबार २१:३५

कैलालीको गौरिगंगामा १ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन हुँदै, बेरोजगार युवालाई अवसर

कैलालीको गौरिगंगामा १ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन हुँदै, बेरोजगार युवालाई अवसर

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बढैपुर- कैलालीको गौरिगंगा नगरपालिकामा नि:शुल्क सीपमूलक तालिम सञ्चालन हुनेभएको छ । नगरपालिका र नेपाल युवा फाउन्डेसन नेपालको सहकार्यमा सीपमूलक तालिम सञ्चालन हुन लागेको हो । बेरोजगार, विपन्न र शिक्षाबाट वञ्चित युवालाई लक्षित गर्दै १ महिने निःशुल्क सीपमूलक तालिम सञ्चालन हुन लागेको नगरपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ । नगरपालिकाद्वारा जारी सूचनामा १ महिने फ्रिज तथा एसी मर्मत र १ महिने कपाल काट्ने (बार्बर) सम्बन्धि तालिम प्रदान गर्ने भनिएको छ । नगरपालिकाले बढ्दो बेरोजगारी हटाउने र युवालाई स्वदेशमै सीप सिकाएर आत्मनिर्भर बनाउने लक्ष्य लिएको छ । तालिममा सहभागी हुन १८ वर्ष पूरा भइ ४० वर्ष ननाघेको हुनुपर्ने, नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वडाको सिफारिस,शैक्षिक योग्यताको प्रमाणपत्र हुनुपर्नेछ । आवेदन दिने समय चैत्र २० गतेसम्म तोकिएको छ । नगरपालिकाले बेरोजगार युवालाई तालिममा स...
सुदूरपश्चिममा राजनीतिक नियुक्ति विवाद चर्कियो, एमाले मन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार

सुदूरपश्चिममा राजनीतिक नियुक्ति विवाद चर्कियो, एमाले मन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक बहिस्कार

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले गरिरहेको राजनीतिक नियुक्तिलाई लिएर सरकारभित्रै विवाद चर्किएको छ। उक्त विवादकै कारण नेपाल कम्युनिस्ट पार्टी (एमाले) का मन्त्रीहरूले आज मन्त्रिपरिषद् बैठक बहिस्कार गरेका छन्। राजनीतिक नियुक्तिमा भागबन्डा नमिल्दा असन्तुष्टि बढेको हो। विशेषगरी जिल्ला अस्पतालहरूको अध्यक्ष नियुक्तिमा सहमति जुट्न नसक्दा विवाद उत्कर्षमा पुगेको बताइएको छ। बैठक सुरु हुनुअघि आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्की केही समय मुख्यमन्त्री कार्यालय पुगे पनि बैठकमा सहभागी भएनन्। यस्तै, भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल पनि अनुपस्थित रहे। एमालेका मन्त्रीहरू सामूहिक रूपमा बैठकमा नबस्ने निर्णयमा पुगेका थिए। एमाले मन्त्रीहरू अनुपस्थित भएपछि मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री कमल बहादुर शाह, आर्थिक मामिला मन्त्री बहादुरसिंह थापा र सामाजिक विकास मन्त्री मेघराज खड्का मात्र सहभाग...
बझाङको बुंगलमा ब्रेक फेल भएको ट्याक्टरले अटो ठक्कर दिँदा ४ जना घाइते

बझाङको बुंगलमा ब्रेक फेल भएको ट्याक्टरले अटो ठक्कर दिँदा ४ जना घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बुंगल नगरपालिका–४, बिजगडा बजारमा ट्याक्टरले अटोलाई ठक्कर दिँदा चार जना घाइते भएका छन्। दहवगरबाट कफलसेरीतर्फ जाँदै गरेको सु.प.प्र ०१००२ त ३९५८ नम्बरको ट्याक्टर बिजगडा चौराहामा ब्रेक फेल भई विपरीत दिशाबाट आइरहेको सु.प.प्र ०१००१ ह ६५९७ नम्बरको अटोमा ठोक्किएको हो। ट्याक्टर अर्जुन धामीले चलाएका थिए भने अटो चालक ३६ वर्षीय जनक धामी रहेका छन्। दुर्घटनामा अटो चालकसहित चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा बुंगल नगरपालिका- ६ निवासी अटो चालक जनक धामी रहेका छन्, जसको टाउको, मुख र खुट्टामा गम्भीर चोट लागेको छ। त्यस्तै रञ्जला धामीको हातमा, गीता धामीको टाउकोमा सामान्य चोट लागेको छ भने राम धामीको खुट्टामा सामान्य चोट लागेको अस्थायी प्रहरी बिट बिजगडाले जनाएको छ। घाइतेहरूको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। दुर्घटनाका कारण चौराहामा रहेको राम धामीले सञ्चालन गरेको होटलमा समेत क्षति ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज