Advertisement

हरेक महिनाको तेस्रो शनिबार : ग्रीन सिटी हेल्थ क्लिनिकमा कलेजो तथा पेट रोग विशेषज्ञको सेवा

Advertisement

नेपालगन्ज, बाँके।
हरेक महिनाको तेस्रो शनिबार काठमाडौँस्थित  नर्भिक अस्पतालमा कार्यरत कलेजो तथा पेट रोग विशेषज्ञ डा. शेखर पौडेलले ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी प्रा.लि., नेपालगन्जमा विशेषज्ञ सेवा प्रदान गर्दै आएका छन्। ‘Better Gut, Better Liver, Best Life’ भन्ने नारासहित क्लिनिकले दीर्घरोगीका लागि नियमित विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ।

डा. पौडेल DM Gastroenterology (AIIMS, New Delhi) तथा Fellowship in Transplant Hepatology (Max Hospital, Delhi) प्राप्त विशेषज्ञ हुन्। पेट तथा कलेजोसम्बन्धी जटिल रोगको उपचारमा उनको अनुभव उच्च मानिन्छ।

हेपाटाइटिस बढ्दो चुनौती : ३० करोडभन्दा बढी प्रभावित

विश्वमा करिब ३० करोड मानिस हेपाटाइटिसको गम्भीर संक्रमणबाट पीडित छन् भने हेपाटाइटिस ‘बी’ र ‘सी’ का कारण मात्र हरेक वर्ष १३–१४ लाख मानिसको मृत्यु हुने तथ्याङ्कले देखाएको छ।

नेपालमा आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि चिकित्सकहरूको अनुमान अनुसार ३ लाखभन्दा बढी नेपाली हेपाटाइटिसको जोखिममा छन्।
डा. पौडेलका अनुसार, कलेजोको समस्या लिएर आउने धेरै बिरामीमा हेपाटाइटिस ‘बी’ र ‘सी’ को संक्रमण पाइन्छ, जुन धेरैजसो अवस्थामा ढिलो थाहा हुने गर्दछ।

सुरुवाती लक्षणहरू

हेपाटाइटिसका सुरुवाती लक्षण यसप्रकार छन्:
• पेट दुख्ने
• ज्वरो आउने
• शरीर दुख्ने
• जन्डिस हुने
• वाकवाकी लाग्ने

डा. पौडेलका अनुसार हेपाटाइटिस ‘ए’ र ‘ई’ का संक्रमण प्रायः आफैं निको हुने गर्छन्। तर ‘बी’ र ‘सी’ का संक्रमण दीर्घरूप (क्रोनिक) मा बदलिन सक्ने भएकाले जोखिम बढी हुन्छ।
यस्ता रोगमा कलेजो बिस्तारै नोक्सान हुँदै जाने तर बाह्य लक्षण नदेखिने भएकाले ढिलो थाहा पाउने अवस्था धेरै देखिन्छ। यस्तो संक्रमण क्यान्सर वा सिरोसिसमा परिणत हुनसक्ने डा. पौडेल बताउँछन्।

उपचार र रोकथाम
• हेपाटाइटिस ‘सी’ : करिब १२ हप्तासम्म निरन्तर औषधि खाँदा पूर्णरूपमा निको हुन्छ।
• हेपाटाइटिस ‘बी’ : पूर्ण रूपमा निको नहुने भए पनि कलेजोमा क्षति हुने जोखिम कम गराउने प्रभावकारी औषधि उपलब्ध छ।
• भ्याक्सिन : परिवारका सदस्यमा संक्रमण देखिएमा अन्य सदस्यले भ्याक्सिन लगाए संक्रमण फैलिन रोकिन्छ।

डा. पौडेलका अनुसार, समयमै उपचार सुरु गरेमा कलेजोमा क्यान्सर वा सिरोसिस जस्ता जटिलता कम गर्न सकिन्छ।

सेवा प्राप्त गर्ने तरिका
स्थान:
ग्रीन सिटी हेल्थ क्लिनिक एण्ड फार्मेसी प्रा.लि.
वी.पी. चोक, नेपालगन्ज, बाँके
सम्पर्क:
☎ ०८१–५३०१०५
📱 ९७०५३००४५०

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूक...
बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज