बैतडी- बैतडीमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक किशोरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा पाटन नगरपालिका–६ भडालीका १९ वर्षीय रोहित लुहार रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेका अनुसार आइतबार बिहान इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको टोलीले लुहारलाई पक्राउ गरेको हो।
उनका अनुसार पीडित किशोरीले जबरजस्ती करणी भएको भन्दै प्रहरीमा दिएको उजुरीको आधारमा लुहारलाई पक्राउ गरिएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।