Advertisement

जेनजी आन्दोलनमा सुदूरपश्चिम प्रदेशका ६५ वडा कार्यालयमा आगजनी र तोडफोड

Advertisement

धनगढी- सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा जेनजी आन्दोलनका क्रममा कम्तीमा ६५ वडाका कार्यालयमा आगजनी र तोडफोड भएको छ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार सबैभन्दा बढी क्षति कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं ७ र ८ मा पुगेको छ। वडा नं ७ को कार्यालय पूर्णरूपमा जलेको छ भने वडा नं ८ मा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।

शुक्लाफाँटाका वडा नं २ देखि १२ सम्मका अधिकांश कार्यालय, कृष्णपुर नगरपालिका (वडा नं १, २, ५ र ७), पुनर्वास नगरपालिका, भीमदत्त नगरपालिका र बेल्डाँडी गाउँपालिकामा समेत आगजनी तथा तोडफोड भएको छ।

कैलाली जिल्लामा धनगढी उपमहानगरपालिका (वडा नं ४, ८ र १३), लम्कीचुहा, टिकापुर, गोदावरी, गौरीगङ्गा, घोडाघोडी नगरपालिकाका कार्यालयमा आगजनी र तोडफोड भएको छ। घोडाघोडीका सबै १२ वटा वडा कार्यालय जलेका छन्। यस्तै, कैलारी गाउँपालिकाका सबै ९ वटा वडा कार्यालय, बर्दगोरीया गाउँपालिकाका वडा नं १, २, ३, ५ र ६ तथा जोशीपुर गाउँपालिकाका वडा नं ५ र ७ मा पनि क्षति पुगेको छ।

बझाङको तलकोट गाउँपालिका वडा नं १ मा आन्दोलनकारीहरूले सामान बाहिर निकाली जलाएका थिए भने डडेल्धुराको नवदुर्गा गाउँपालिका वडा नं ५ र अमरगढी नगरपालिका कार्यालयमा तोडफोड भएको छ। अछाममा तुर्माखाँद गाउँपालिका वडा नं ३ र मंगलसैन नगरपालिका कार्यालयमा पनि तोडफोड भएको प्रहरीले जनाएको छ।

आन्दोलनपछि पनि अज्ञात समूहले तोडफोड र आगजनी जारी राखेका छन्। भदौ २६ गते राति दार्चुलाको दुहु गाउँपालिका वडा नं ३ कार्यालयमा आगजनी हुँदा कुर्सी, टेबल, दराज र ल्यापटप जलेका थिए। भदौ २८ गते राति शैल्यशिखर नगरपालिका वडा नं २ कार्यालयमा घुसपैठ गरी कागजातहरू च्यातिएका थिए। घोडाघोडी नगरपालिकामा भदौ २४ गते आगजनी भएपछि अर्को रात पनि बाँकी संरचनामा आगजनी गरिएको थियो।

डोटीको दिपायल सिलगढी नगरपालिकामा समेत कार्यालय तोडफोड र नगर बसमा आगजनी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज