Advertisement

वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै शृङ्खला जित्यो

Advertisement

नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै युनिटी कप टी–२० शृङ्खला एक खेल अगावै जितेको छ। गएराती शारजाह क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिजलाई ९० रनले हराउँदै उपाधि आफ्नो पक्षमा पारेको हो।

यसअघि पहिलो खेलमै वेस्ट इन्डिजलाई हराएर ऐतिहासिक जित हासिल गरेको नेपालले दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै शृङ्खला पक्का गरेको हो।

टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। नेपालका लागि आसिफ शेखले ४७ बलमा ८ चौका र २ छक्कासहित अविजित ६८ रन प्रहार गरे। त्यस्तै, सन्दीप जोराले ३९ बलमा ५ छक्का र ३ चौका प्रहार गर्दै ६३ रन जोडे। मोहम्मद आदिल आलमले ११ रन योगदान गरे।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो। वेस्ट इन्डिजका लागि जेसन होल्डरले १५ बलमा २ छक्कासहित सर्वाधिक २१ रन बनाए भने एकिम अगष्टले १७ र अमिर जांगोले १६ रन जोडे।

नेपालको बलिङतर्फ आदिल आलमले ४ विकेट लिँदा कुशल भुर्तेलले ३, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट हात पारे। वेस्ट इन्डिजका लागि कप्तान अकिल होसेन र कायल मायर्सले समान २–२ विकेट लिँदा जेडिया ब्लेड्सले १ विकेट लिए।

यससँगै नेपालले युनिटी कप टी–२० शृङ्खलाको उपाधि जित्दै ऐतिहासिक उपलब्धि हात पारेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज