Advertisement

बझाङमा डिएसपी धमलाको नेतृत्वमा चरेस नियन्त्रण अपरेसन, एक जना पक्राउ

Advertisement

बझाङ- जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुखमा डिएसपी खगेन्द्र धमला आएपछि चरेस नियन्त्रण सम्बन्धी अपरेसन सुरु गरिएको छ। डिएसपी धमलाको पहिलो अपरेसनकै रूपमा प्रहरीले चरेससहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी लोकेन्द्र ठगुन्नाको नेतृत्वमा खटिएको टोलीले सुर्मा गाउँपालिका–२ घर भई जयपृथ्वी नगरपालिका–९ चिउडिखानमा डेरा गरी बस्ने अन्दाजी ३२ वर्षीय शेरबहादुर बोहरालाई चरेससहित पक्राउ गरेको हो।

गोप्य सूचनाका आधारमा झोलामा लुकाईछिपाई लैजाँदै गरेको अवस्थामा उनलाई २०८२ साउन २२ गते बिहान १०:३० बजे पक्राउ गरिएको हो। पक्राउपछि पत्रकार सम्मेलनमार्फत डिएसपी धमलाले बोहरासँग १.६९० केजी (एक किलो छ सय नब्बे ग्राम) चरेस बरामद गरिएको जानकारी दिए।

डिएसपी धमलाका अनुसार जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए। सदरमुकाम चैनपुरमा गरिएको पहिलो अपरेसन सफल भएपछि धमला थप सक्रिय देखिएका छन्। कतिपय स्थानमा उनी स्वयम् खटिने गरेको पनि जनाइएको छ।

“जनसमुदाय र प्रहरीको सहकार्यबाट मात्रै समाज सुधार, रूपान्तरण र शान्ति सुरक्षा सम्भव छ,” डिएसपी धमलाले भने, “समुदायसँगको साझेदारीलाई अझ सशक्त बनाउँदै अघि बढ्ने योजना छ।”

पक्राउ परेका बोहरामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

धनगढी- कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा शुक्रबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज