Advertisement

स्वास्थ्य शाखाद्वारा नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण

Advertisement

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका स्वास्थ्य शाखाले नर्सिङ कर्मचारीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । स्वास्थ्य सेवामा खटिएका कर्मचारीहरूको कामलाई थप सहज बनाउन सोमबार ९ जना नर्सिङ कर्मचारीलाई आवश्यक सामग्रीहरू वितरण गरेको हो।

सोमबार गरिएको पालिका स्तरीय उत्तर प्रस्तुति घर भेट पिएनसी, होम भिजिट कार्यक्रमको वार्षिक समिक्षा गोष्ठीको अवसरमा झोला, छाता, वि.पि. सेट (रक्तचाप मापन यन्त्र), र थर्मोमिटर वितरण गरिएको छ ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मराज बिष्टका अनुसार, “सामग्री वितरणको उद्देश्य कर्मचारीहरूको कार्यदक्षता अभिवृद्धि गर्नुका साथै स्वास्थ्य सेवा प्रवाहमा थप सहजता ल्याउनु रहेको छ।

कार्यक्रममा बोल्दै पालिका अध्यक्ष गणेशबहादुर बोहराले स्वास्थ्यकर्मीहरूलाई गर्भवती महिलाहरूको घरमै पुगेर आवश्यक सल्लाह, जाँच र सुझाव दिन आग्रह गर्नुभयो।
“हामी अब हरेक महिलाले स्वास्थ्य संस्थामै सुरक्षित रूपमा सन्तान जन्माएको देख्न चाहन्छौँ,” अध्यक्ष बोहराले भन्नुभयो, “स्वास्थ्यकर्मीहरू भगवान्को रूप हुन्। सेवा प्रवाहमा कुनै पनि लापरबाही नगरिकन समर्पित भावनासाथ सेवा दिनुहोला।”
उनले पालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको पनि स्पष्ट पार्नुभयो।
नर्सिङ कर्मचारीहरूले आफूहरूको कार्यमा प्रत्यक्ष उपयोगी सामग्री प्राप्त भएकोमा खुसी व्यक्त गरेका छन्।

कार्यक्रममा अध्यक्ष बोहरा , उपाध्यक्ष मनिषा धामी वडाध्यक्ष तथा स्वास्थ्य शाखाका प्रतिनिधिहरूको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज