छोरी गुमाएका धामीलाई नेपाल कम्युनिष्ट पार्टी (विप्लव) टोल कमिटीद्वारा आर्थिक सहायता
बझाङ — जिल्लाको केदारस्यूँ गाउँपालिका–५ का भरत धामीलाई छोरी गुमाएको पीडामा थोरै भए पनि राहत पुगोस् भनेर नेपाल कम्युनिष्ट पार्टी (विप्लव ) ले आर्थिक सहायता प्रदान गरेको छ।
पार्टीको केदारस्यूँ गाउँपालिका–५ स्थित चौडल्ली टोल कमिटीले सोमबार `ख´वर्गको अपांगता समेत रहेका धामीलाई नगद रु ४ हजार १० रुपैयाँ हस्तान्तरण गरेको हो।
केही दिनअघि धामीकी छोरी उर्मिला धामीको दु:खद निधन भएको थियोे । उक्त घटनाले स्थानीय क्षेत्रमा गहिरो पीडा र प्रश्न उठाएको छ।
सहयोग हस्तान्तरण कार्यक्रममा टोल कमिटीका प्रतिनिधिहरूले धामी परिवारमाथिको यो अपूरणीय क्षतिमा समवेदना प्रकट गर्दै टोल कमिटी उपाध्यक्ष हरिकृष्ण धामीले भविष्यमा पनि पीडित र समस्यामा परेकाहरूको पक्षमा साथ र सहयोग जारी रहने प्रतिवद्धता जनाएको छ।...







