Advertisement

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

Advertisement

blog

बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी

बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँदै बुङ्गल नगरपालिका जोड्ने बागथला–बिजगडा सडकखण्डअन्तर्गतको रातागडा खोलामा स्थायी पुल नहुँदा प्रत्येक वर्ष वर्षातको समयमा सडक अवरुद्ध हुने समस्या हुँदै आएको छ ।

यो सडक बुङ्गल नगरपालिकाको प्रमुख आवागमन मार्ग हो । अधिकांश स्थानमा ग्राभेल गरिएको छ भने केही ठाउँमा कालोपत्रे कार्यसमेत भइरहेको छ । तर रातागडा खोलामा अझै पनि स्थायी पुल निर्माण नहुँदा यातायात सञ्चालनमा अहिले पनि समस्या भइरहेको छ ।

स्थानीय बासिन्दा महेश जोशीका अनुसार, “यसअघि पनि हरेक वर्ष यही खोलामा पानीको बहाव बढ्दा सडक अबरुद्ध हुने गरेको थियो । गत वर्ष लामो समयसम्म सडक बन्द हुँदा बुङ्गल नगरपालिका भित्र खाद्यान्न, खाना पकाउने ग्यास लगायत दैनिक उपभोग्य सामग्रीको अभाव भएको थियो । यस वर्ष पनि त्यस्तै अवस्था दोहोरिने चिन्ता छ ।”

हाल पानीको बहाव कम भएकाले खोलामा अस्थायी काठे पुल राखेर मानिस र खोला बाटै साना सवारी साधनको आवागमन भइरहेको छ । तर वर्षा सुरु भएसँगै पानीको बहाव बढ्ने र काठे पुल बग्ने खतरा रहने भएकाले यातायात पूर्णरूपमा ठप्प हुने अवस्था प्रत्यक वर्ष दोहोरिने गरेको छ ।

स्थानीयवासी नरबहादुर धामीले भन्नुभयो, “अरू सबै ठाउँमा सडक कालोपत्रे गरिएको छ । तर यही खोलामा स्थायी पुल नहुँदा हरेक वर्ष सडक अवरुद्ध हुन्छ । बिरामी, विद्यार्थी र सर्वसाधारणलाई आवतजावतमा निकै समस्या पर्छ ।” यस सडक खण्डका केही स्थानहरू, सेतो पहिरा, पाउटा पहिरो र रातागडा खोला क्षेत्रमा अझै ग्राभिल तथा कालोपत्रे कार्य सम्पन्न हुन सकेको छैन ।

सडक बन्द हुँदा बझाङको सदरमुकाम चैनपुर तथा तराईका जिल्लाबाट बुङ्गल आउने–जाने यात्रुहरू वैकल्पिक र लामो बाटो अपनाउन बाध्य हुने गरेका छन् । यसले यात्राको समय, खर्च र जोखिम थपिएको स्थानीयहरूको गुनासो छ । सवारी चालक डम्बर धामीले भन्नुभयो, “हामी जस्ता चालकलाई सबैभन्दा बढी सास्ती यही खोलाले दिने गरेको छ । पानी परेपछि खोलामै सवारी अड्किन्छन् । न यात्रु चल्न सक्छन्, न सामान पुग्छ । कहिले काँही महिनौं दिनसम्म बाटो बन्द हुँदा यात्रु अलपत्र पर्ने गरेका छन् । स्थानीय तह र सम्बन्धित निकायहरूले पटक–पटक स्थायी पुल निर्माणको प्रतिबद्धता जनाए पनि हालसम्म निर्माण कार्य सुरु हुन सकेको छैन। यसैबिच, बुङ्गल नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीले स्थायी पुल निर्माणका लागि आफुले पहल गरिरहेको र जानकारी दिनुभयो ।

“यो वर्षका लागि भने रातागडा खोलामा अस्थायी समाधानस्वरूप कल्भर्ट निर्माणको पहल भइरहेको छ,”उहाँले भन्नुभयो । हाल सडक कालोपत्रे कार्य केएस कन्सट्रक्सन प्रालिले गरिरहेको छ ।

स्थानीय बासिन्दाहरूले वर्षायाम सुरु हुनु अघि नै स्थायी पुल निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढाउन सरकार तथा सरोकारवाला निकायहरूको ध्यानाकर्षण समेत गराउँदै आएका छन् ।

लेखक सुरेश धामी, गोरखापत्र 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज