Advertisement

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

Advertisement

कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ देखि ११ गतेसम्म पोखरामा आयोजना हुने यो महाधिवेशनले युवा संघको नयाँ नेतृत्व चयन गर्दैछ । देशभरिबाट १ हजार ९०० प्रतिनिधिहरूको उपस्थितिमा हुने महाधिवेशनमा महासचिव पदका लागि अहिले ७ जनाको दाबी देखिए तापनि विनय शाह सबैभन्दा सशक्त उम्मेदवारका रूपमा अगाडि आएका छन् ।

महासचिव पदका लागि वर्तमान उपमहासचिव राजन थापा, सचिव निरोज पौडेल, कुबेर अधिकारी, खेम शर्मा, महेश चौलागाईं र पर्वत भण्डारीले पनि आ-आफ्नो दाबी गरेका छन् । तर, उमेर हदबन्दी र संगठनभित्रको सन्तुलनका हिसाबले थापाको उम्मेदवारी असहज देखिँदै गएको छ । बाँकी दावेदारहरूमध्ये संगठनभित्रको स्वीकार्यता, दृष्टिकोण र कार्यशैलीका हिसाबले विनय शाह सबैभन्दा सशक्त उम्मेदवारको रूपमा स्थापित हुँदै गएका छन् ।

पार्टीले हाल ३३९ सदस्यीय रहेको युवा संघको केन्द्रीय कमिटीलाई घटाएर अब १५१ सदस्यीय बनाउने निर्णय गरेपछि नेतृत्व चयन प्रक्रिया अझ गम्भीर र प्रतिस्पर्धात्मक बन्न पुगेको छ । जम्मा ९ पदाधिकारी चयन गर्नुपर्ने भएकाले उम्मेदवारहरूको संख्या घटे पनि प्रतिस्पर्धा भने कडा छ। त्यसमाथि आयोग, विभाग, प्रदेश र अन्तरजिल्ला संरचना जस्ताको तस्तै रहने भएकाले केन्द्रीय नेतृत्वमा पुग्न योग्य र सक्षम युवा अनुहारहरूमाथि थप जिम्मेवारी आउनेछ ।

यही पृष्ठभूमिमा विनय शाहको उम्मेदवारी अर्थपूर्ण बन्दै गएको छ । उनले संगठनमा दशकभन्दा बढी समय समर्पण गरेका छन् । साधारण कार्यकर्ताबाट सुरु भएको उनको यात्रा अहिले सचिवसम्म आइपुगेको छ । सुदूरपश्चिम प्रदेशमा उनले गरेको संगठन विस्तार, युवालाई राजनीति र राष्ट्रनिर्माणमा जोड्न गरेका काम, र विचारलाई व्यवहारमा उतार्ने उनको शैलीले उनलाई महासचिव पदका लागि समय र संगठनले खोजेको नेतृत्वको रूपमा उभ्याएको छ ।

 

विनय शाहको राजनीतिक यात्रा र एजेण्डा : 

विनय शाहले २०६० सालमा अनेरास्ववियुको सदस्यबाट राजनीति सुरु गरेका हुन् । पोखरा विश्वविद्यालयको अध्यक्ष हुँदै उनी अनेरास्ववियुको केन्द्रीय सदस्य, एसिया स्टुडेन्ट्स एसोसिएसन संयोजक, युवा संघको प्रदेश अध्यक्ष, विदेश विभाग प्रमुख हुँदै अहिले केन्द्रीय सचिवको जिम्मेवारीमा छन् । उनले जनताको बहुदलीय जनवादलाई प्रविधिमैत्री मोड्युलबाट विस्तार गर्ने र मार्क्सवादलाई प्रगतिशील विज्ञानका आधारमा परिभाषित गर्ने दृष्टिकोण राख्छन् ।

मुख्य एजेण्डाहरू

  • संगठनात्मक रूपान्तरण

संगठनलाई नेता उत्पादन गर्ने फ्याक्ट्रीमा बदल्ने, रिपोर्टिङ/मूल्यांकनमा डिजिटल पारदर्शिता, युथ फोर्सको सशक्तिकरण, प्रशिक्षण सुधार र युवा परिषदलाई दोस्रो सर्वोच्च निकाय बनाउने ।

  • अन्तर्राष्ट्रिय समन्वय र कूटनीति

Youth Peace Ambassadors, Cross-border Dialogue, International Volunteer Corps, Cultural Diplomacy, Digital Youth Diplomacy Platform लगायत कार्यक्रममार्फत अन्तर्राष्ट्रिय युवा सहभागिता विस्तार गर्ने ।

  • प्रविधि, उद्यमशीलता र उत्पादन

फ्री कोडिङ क्याम्प, “प्रविधि मेरो साथी” अभियान, युवा उद्यम मेला, कानुनी परामर्श, सामूहिक खेती, स्थानीय उत्पादनमा ई–कमर्स जोड्ने योजना ।

  • संस्कृतिक क्रान्ति र नीति

नेपाली भाषा, धर्म र परम्पराप्रति गर्व गर्ने सोच विकास, योग-संस्कृत शिक्षाको पुनः स्थापन, शिक्षा प्रणालीमा संस्कृति र इतिहास समेट्ने, स्थानीय तहमा सांस्कृतिक पुनर्जागरण, लोपोन्मुख परम्पराको संरक्षण र राष्ट्रिय संस्कृतिनीतिको निर्माण ।

संगठनभित्रको गुटगत प्रतिस्पर्धालाई सन्तुलनमा राखेर सहकार्यको बाटोबाट समाधान खोज्ने शाहको कार्यशैली पनि उनलाई महासचिव पदको बलियो उम्मेदवार बनाउने अर्को पक्ष हो । उनले नेतृत्व सम्हालेका प्रदेश, विभाग र विविध कार्यक्रमहरूमा देखाएको संयम, निर्णय क्षमता र कार्यदक्षता अहिले युवा संघको केन्द्रीय स्तरमा आवश्यक भएको विशेषता हो ।

महासचिव पदको नेतृत्व केवल हैसियतको विषय होइन, संगठनलाई दिगो बनाउने, नयाँ पुस्तालाई आकर्षित गर्ने र समकालीन चुनौतीसँग जुध्न सक्ने क्षमताको पनि विषय हो। यही सन्दर्भमा विनय शाह सबैभन्दा उपयुक्त छन् । संगठनलाई विस्तारमात्रै होइन, सुदृढ र सुसंगठित बनाउने उनको दृष्टिकोण अहिलेको आवश्यकता बनेको छ ।

उनीसँग गाउँदेखि सहर, कार्यकर्तादेखि नेतृत्व तहसम्मको विश्वासको सञ्जाल छ । सहजता, संवादमा पारदर्शिता, र कार्यशैलीमा स्पष्टता उनका विशेषता हुन् ।

पार्टीले केन्द्रीय नेतृत्वको संख्या घटाए पनि विभाग, आयोग, परिषद् र अन्तरजिल्ला संरचना यथावत राखेकाले नेतृत्वले बढि जिम्मेवारी र चुस्तता देखाउनुपर्नेछ । यस्तो समयमा संगठनभित्र अनुभव, नवीन दृष्टिकोण र कार्यक्षमता भएकैलाई जिम्मेवारी दिनुपर्ने आवाज बलियो बन्दै गएको छ । यो सन्दर्भमा विनय शाह स्वभाविक उम्मेदवारका रूपमा स्थापित हुनु आश्चर्यको कुरा होइन । अहिले महासचिव पदका लागि चर्चामा रहेका अन्य दावेदारहरूमध्ये शाह सबैभन्दा सक्रिय, सशक्त र सन्तुलित छवि भएका नेता हुन् । संगठनमा दीर्घकालीन योगदान, नवप्रवर्तनशील सोच, व्यवहारिक नेतृत्व शैली र युवा पुस्तासँगको आत्मीय सम्बन्धकै कारण उनी महासचिव पदको लागि सबभन्दा उपयुक्त विकल्प हुन् भन्ने धारणा व्यापक बन्दै गएको छ ।

 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज