Advertisement

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

Advertisement

प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेको छ । तराईका जिल्लामा हुलाकी राजमार्गकेन्द्रित अभियान सकेपछि माओवादी पहाड उक्लिएको हो । 

पाटनमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपहाडी लोकमार्गआसपासमा बस्ने नागरिकका समस्या सुनेर सिंहदरबारसम्म पु¥याउने र सरकारका गलत काममाथि खबरदारी गर्ने बताए । ‘मध्यपहाडका समस्या सिंहदरबारलाई सुनाउन यो अभियान चलाएको हो । राजमार्गकेन्द्रित माओवादीका अभियान तराई, पहाड र हिमालका बासिन्दाका कुरा सुन्ने र उनीहरूलाई राष्ट्रिय एकताको सूत्रमा बाँध्ने रहेको छ,’ हुलाकी मार्गमा बसोबास गर्ने नागरिकका समस्या सुनेर वर्तमान सरकारसमक्ष प्रस्तुत गरेको बताउँदै प्रचण्डले भने ।

प्रचण्डले पछिल्लोपटक सरकारको नेतृत्व गर्दा सुशासनको पक्षमा काम गरेकाले बिचौलिया, दलालले सरकारबाट बाहिर आउन बाध्य पारेको दोहो¥याए । उनले सरकारका कामप्रति असन्तुष्टि व्यक्त गरे । ‘यो सरकारले भ्रष्टाचारीलाई सम्मानित गर्ने, राम्रा मान्छेलाई दण्डित, अपमानित गर्ने गरेको छ,’ उनले भने, ‘अहिलेको गठबन्धनको सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन । त्यसमा अनेक खालका चलखेल र प्रपञ्च भएका छन् । यो सरकार बिल्कुल गलत दिशातिर गएको छ ।’

प्रचण्डले मध्यपहाडी लोकमार्गबाटै सरकारका गलत कामविरुद्ध चुनौती दिने दाबी गरे । ‘म सरकारलाई यहीँबाट चुनौती दिन चाहन्छु, तपाईंहरूले यसरी नै जनताको आवाजलाई, जनताको मतलाई बेवास्ता गरेर भ्रष्टाचारलाइ नै प्रशय दिने, विकृति–विसंगतिलाई नै प्रशय दिने हो भने माओवादी मात्र होइन, तराई, मधेश, पहाड, हिमालका र सबै दलका कार्यकर्ता शक्तिशाली आन्दोलनमा आउनुपर्ने अवस्था बन्नेछ । त्यसबाट तपाईं सबैको भविष्य के हुन्छ ? अहिल्यै सोचेर बस्न आग्रह गर्न चाहन्छु,’ उनले भने । पछिल्लो उपनिर्वाचनमा माओवादी एक्लै चुनाव लड्दा पहिलो पार्टी बनेको र स्ववियुमा समेत राम्रो नतिजा आएकाले आउँदो ०८४ मा माओवादी ‘आफ्नै खुट्टामा उभिएर’ चुनाव लड्ने उनले बताए ।

महाकाली करिडोर, कञ्चनपुरमा सुक्खा बन्दरगाह, सुदूरपश्चिम विश्वविद्यालय, दशरथचन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानजस्ता सुदूरपश्चिमका ठूला काममा माओवादीको योगदान रहेकोसमेत उनको भनाइ छ ।

अभियानमा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्नि सापकोटा, पम्फा भुसाल तथा महासचिव देव गुरुङसहितका केन्द्रीय नेताको सहभागिता छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने ग्यासको मुल्य बढ्यो

पेट्रोल र डिजेलको भाउ घटेको छ । खाना पकाउने एलपी ग्यासको भाउ बढेको छ । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुने गरी नयाँ मू...
कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

कैलालीको कलम बम मेमोरियल ई स्कूलमा छात्रवृत्ति आवेदन खुला, वैशाख ३० भित्र फारम भर्न सकिने

दिनेश बि.सि-  कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित कलम बम मेमोरियल ई. स्कूलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन...
बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कपको उपाधि आयोजकलाई

बझाङ - बझाङको माथिल्लो बित्थडमा आयोजित प्रथम वडा अध्यक्ष कप यु १९ पुरुष क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । बित्थडचिर गाउँपालिका...
बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। ...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज