Advertisement

विप्लव भ्रष्टाचारीलाई ठोक्दै, प्रहरी विप्लवलाई खोज्दै

Advertisement

बझाङ : ठेकेदार निर्माण सेवाले सिमेन्टमा माटाे मिसावट गरेकाे भेटिए पछि विप्लवले यस्तो नगर्न चेतावनी दिएको छ ।

बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालिकाकाे मोरिबगर देखि चुवावन दौला जोड्ने सडकखण्ड अन्तर्गत ग्वालेखमा जारी निर्माण कार्यलाई स्थानीय बस्ती जोखिममा परेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूह बझाङले यस्तो नगर्न चेतावनी दिएको थियाे ।

स्थानीय बासिन्दाहरूले ग्वाल्लेक निर्माण सेवालाई पटक–पटक आग्रह गर्दा पनि बस्तीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने खालको पूर्वाधार नबनाइएको भन्दै स्थानीयहरुले पटकपटक असन्तुष्टि जनाउँदै आएका थिए ।

स्थानीय र विप्लव बझाङकाे माग थियो कि निर्माण स्थलमा डबल नालाको व्यवस्था गरिनुपर्छ, ताकि बस्तीमा बाढी तथा भुक्ष्यजन्य जोखिम न्यूनीकरण हाेस । तर यता निर्माण कम्पनीले लापरबाही गरेको देखिन्छ ।

यतिमात्र हैन, सम्बन्धित निर्माण सेवाले नागरिकको गम्भीर मागलाई बेवास्ता गर्दै “टेढो पुच्छर नलगाई” काम अगाडि बढाएको आरोप विप्लव समुहका युवा नेता कमल थापा सिले बताए । नेता कमल थापाले भने, हाम्रो पार्टी र केही स्थानीयहरुले निर्माण सडकको अनुगम गर्दा गुणस्तरहिन काम भएको र सिमेन्टमा माटाे भेटाएपछि यस्तो नगर्न चेतावनी दिएको हाे ।

पटकपटक ग्वाल्लेक निर्माण सेवालाई गुणस्तरीय काम गर्न विप्लव नेतृत्वले चेतावनी दिएको भए पनि निर्माण सेवाले राम्रो काम गरेको छैन । माेरिवगर देखि गाउँपालीका सम्म पनि जस्तो हुनुपर्ने हाे त्यस्ताे काम नभएको स्राेतकाे भनाइ रहेको छ । निर्माण सेवालाई विप्लव नेतृत्वमाले किन गुणस्तरहिन काम गरेको भन्दा पुर्वाधार बिकास कार्यालय लाई ३% रकम कमिसन दिनु पर्छ त्यहि भएर यस्तो गर्न बाध्य भएको उत्तर आएको विप्लवले जनाएको छ ।

अनुगमनका क्रममा नेता भरत मल्ल सि कमल थापा सि लगायतका नेताहरु सडकमा पुग्दा सिमेन्टमा बालुवा हुनुपर्ने ठाउँमा माटाे मिसावट हुँदै काम गरेको पाईएकाे छ । अनुगमनकर्ताका अनुसार केही नेताहरुले कमिसन खाएकाे पाईन्छ । गुणस्तरहिन काम गरेको भन्दै विप्लव नेतृत्वले राम्रो काम गर्न चेतावनी दिएको हाे । यतिबेला नेताहरू प्रहरीले खाेजिरहेकाे भन्दै दुर्गाथली वित्थड, केदारस्युमा राके जुलुस गर्दै आएका छन ।

काम राम्रो नगरेको भन्दै, अनुगमन टाेलि सँग केहि निर्माण सेवाका प्रतिनिधि सँग विवाद भएको थियाे । सामान्य विवाद पछि निर्माण कम्पनीका एक प्रतिनिधि लाई चाेट लागेको निर्माण कम्पनीले बताएको छ । तर ग्वाल्लेक निर्माण सेवाले बझाङ जिल्लामा पाएका ठेक्काहरु अलपत्र पार्दै गएकाे पाईन्छ । यतिबेला विप्लवका नेता कमल सि लगायत लाई प्रहरीले घरमै गएर खाेजी कार्य जारि गरेको पाईन्छ । प्रहरी घरमै खाेज्न आउदा आफू घरमै रहेको तर स्थानीयकाे सहयाेगमा आफू बाहिरी रहेको कमल थापा सिले हामीलाई फाेन मार्फत बताउनु भयाे । उनले भ्रष्टहरुलाई अझै प्रस्टै पार्नु पर्ने र पुर्वाधार बिकास कार्यालय बझाङ लाई कमिसन नमाग्न चेतावनी मात्र दिएको धेरै गरे विप्लव नेतृत्वले हामीलाई कालाेमुसाे दल्ने सम्म चेतावनी दिनु भएको छ । आफुले जनताको आवाज उठाएको थापाको भनाई रहेको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज