Advertisement

Day: २०८२ बैशाख १८, बिहीबार १८:४६

विप्लव भ्रष्टाचारीलाई ठोक्दै, प्रहरी विप्लवलाई खोज्दै

विप्लव भ्रष्टाचारीलाई ठोक्दै, प्रहरी विप्लवलाई खोज्दै

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : ठेकेदार निर्माण सेवाले सिमेन्टमा माटाे मिसावट गरेकाे भेटिए पछि विप्लवले यस्तो नगर्न चेतावनी दिएको छ । बझाङ जिल्लाकाे दुर्गाथली गाउँपालिकाकाे मोरिबगर देखि चुवावन दौला जोड्ने सडकखण्ड अन्तर्गत ग्वालेखमा जारी निर्माण कार्यलाई स्थानीय बस्ती जोखिममा परेको भन्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा बिप्लव समूह बझाङले यस्तो नगर्न चेतावनी दिएको थियाे । स्थानीय बासिन्दाहरूले ग्वाल्लेक निर्माण सेवालाई पटक–पटक आग्रह गर्दा पनि बस्तीलाई दीर्घकालीन रूपमा सुरक्षित बनाउने खालको पूर्वाधार नबनाइएको भन्दै स्थानीयहरुले पटकपटक असन्तुष्टि जनाउँदै आएका थिए । स्थानीय र विप्लव बझाङकाे माग थियो कि निर्माण स्थलमा डबल नालाको व्यवस्था गरिनुपर्छ, ताकि बस्तीमा बाढी तथा भुक्ष्यजन्य जोखिम न्यूनीकरण हाेस । तर यता निर्माण कम्पनीले लापरबाही गरेको देखिन्छ । यतिमात्र हैन, सम्बन्धित निर्माण सेवाले नागरिकको गम्भीर माग...
धनगढीमा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

धनगढीमा १३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घद्वारा बृहत रक्तदान कार्यक्रम सम्पन्न

समाचार
  धनगढी, वैशाख १९ –१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (विश्व मजदुर दिवस) को अवसरमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घ धनगढी इकाइले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी, धनगढीको हलमा सम्पन्न भयो। उक्त कार्यक्रम सङ्घका अध्यक्ष लक्ष्मण ठकुराठीको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपाल औषधि तथा बिक्री प्रतिनिधि सङ्घका केन्द्रीय उपाध्यक्ष मिन शाहको उपस्थिति थियो। विशिष्ट अतिथिहरूमध्ये सङ्घका संस्थापक अध्यक्ष तथा  पिन धनगढीका अध्यक्ष सन्तोष वर्णवाल, निवर्तमान अध्यक्ष दिनेशराज भट्ट, नेपाल औषधि व्यवसायी सङ्घ कैलालीका अध्यक्ष प्रेम बिसी, उपाध्यक्ष डम्मर ऐरी तथा नेपाल औषधि थोक व्यवसायी सङ्घ सुदूरपश्चिम कार्यसमिति सदस्य राजेन्द्र जोशी सहभागी थिए। कार्यक्रममा श्रमिक दिवसको ऐतिहासिक पृष्ठभूमि, औषधि प्रतिनिधिहरूको योगदान, ...
एमालेले आफ्ना सदस्य संख्या साढे सात लाख पुर्याउने

एमालेले आफ्ना सदस्य संख्या साढे सात लाख पुर्याउने

Breaking News 1, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार
काठमाडौं : नेकपा एमालेले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्‍याउने जनाएको छ । एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान महाधिवेशनसम्म पार्टी सदस्यता कुल मतदाताको ६ प्रतिशत पुर्‍याउने लक्ष्य लिएको बताएका हुन्। उनका अनुसार पार्टी सदस्यता यही वैशाखभित्र प्रदेश कमिटीलाई पठाउन निर्देशन दिएको छ । उनले भने,'नयाँ पार्टी सदस्यता र नवीकरण यही वैशाखभित्र सम्पन्न गरी प्रदेश कमिटीलाई बुझाउन जिल्ला कमिटीलाई निर्देशन दिएका छौँ । त्यसपछि जेठको पहिलो सातासम्म प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा सदस्यता विवरण बुझाउन भन्छौँ ।' सचिव ढुङ्गेलले हाल पार्टी सदस्यता पाँच लाख ५० हजार रहेको जानकारी दिए । एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान मह...
माओवादी निकट विद्यार्थी संगठन बाट जितेका स्ववियु सभापतिनै फर्जी विद्यार्थी

माओवादी निकट विद्यार्थी संगठन बाट जितेका स्ववियु सभापतिनै फर्जी विद्यार्थी

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, शिक्षा, सुदूरपश्चिम
  धनगढी : कैलालीको घोडाघाडी नगरपालिका–१ स्थित सुखडको राष्ट्रिय कलेजमा भर्ना नै नभएका एक व्यक्ति स्ववियु सभापति बनेका छन् भन्ने खुलासा भएको छ । चैत्र ४ गते सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त गठबन्धनका उम्मेदवारलाई माओवादी निकट अखिल (क्रान्तिकारी) का सुन्दर गौतमले भारी मतान्तरले पराजित गर्दै सभापति निर्वाचित भएका थिए । एमाले र कांग्रेसका भातृ संगठनहरूको गठबन्धनसँग प्रतिस्पर्धा गर्दै गौतमले ९७ मतले जित हात पारेका थिए । दोस्रो स्थानमा रहेका अखिल समाजवादीका माइकल चौधरी ९२ मतले पछि परे । तर, विजयी गौतम राष्ट्रिय कलेजमा नामै नदिई उम्मेदवार बनेको प्रमाण खुलेको हो । स्नातक तह सकिसकेका उनले स्नातकोत्तर तहमा भर्ना नगरीकनै दोहोर्‍याएर उम्मेदवारी दिएका थिए । अघिल्लो कार्यकालमा पनि उनी सभापति थिए । भर्ना नभएका गौतमको नाम कलेजको भर्ना र...
एमाले अछामको नेतृत्व निर्विरोध चयन,अध्यक्षमा उपाध्याय

एमाले अछामको नेतृत्व निर्विरोध चयन,अध्यक्षमा उपाध्याय

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम : नेकपा एमालेको अछाम जिल्ला अध्यक्षमा शिव प्रसाद उपाध्याय चयन भएका छन्। नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष सहितको पुरै कार्यसमिति निर्विरो चयन भएको हो। जिल्ला कमिटी अध्यक्षका लागि उपाध्यायसँगै निर्वतमान अध्यक्ष चन्द्र बोहरा र बम बीसी अन्तिम समयसम्म आकांक्षी थिए। बोहरा र बीसीले चुनावमार्फत टुंगो लगाउन निर्वाचन समिति र नेताहरुलाई घच्घच्याइरहेका थिए। तर अध्यक्ष मण्डलले चुनावमा नजाने र सहमतिबाटै टुंग्याउने अडान राखेपछि सबै सर्वसम्मत चयन भएका हुन्। जिल्ला उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्य भट्टराई, उपसचिवमा टोपबहादुर शाही र गौमती शाही सर्वसम्मत निर्वाचित भएका छन्। ८५ जना जिल्ला कमिटी सदस्य र सात जना लेखा समितिका पदाधिकारीहरुसमेत सर्वसम्मत निर्वाचित भएका छन्। एमाले अछामको अधिवेशन बैशाख १३ गतेबाट शुरु भएको  थियो।जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य झपट बोहरा,केन्द्रीय सदस्य यज्ञ बोगटी, क...
एमाले बैतडी जिल्ला सचिवालय सदस्य विष्ट माओवादी केन्द्र प्रवेश, प्रचण्डले गरे स्वागत

एमाले बैतडी जिल्ला सचिवालय सदस्य विष्ट माओवादी केन्द्र प्रवेश, प्रचण्डले गरे स्वागत

Breaking News 1, Breaking News 2, Breaking News 3, ट्रेन्डिङ, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर:  सत्तारुढ नेकपा एमालेको बैतडी जिल्ला कमिटी सचिवालय सदस्य काशी सिह विष्ट माओवादी केन्द्र प्रवेश गरेका छन् । दोगडाकेदार गाउँपालिकाका पूर्व गाउँ कमिटी अध्यक्ष विष्ट बुधबार एमाले छाडेर माओवादी प्रवेश गरेका छन । विष्टलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टिका लगाएर पार्टी प्रवेश गराए । माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित कार्यक्रममा समापन समारहोमा विष्टले माओवादी प्रवेश गरेका छन् ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज