बझाङ- सवारी दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङको पहलमा सवारी साधनहरूमा रातको समयमा चम्किने रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ।
विशेष गरी रातको समयमा देखिने क्षमता घट्ने भएकाले सम्भावित दुर्घनालाई ध्यानमा राख्दै यो अभियान सुरु गरिएको हो। ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद बिष्टका अनुसार रिफ्लेक्टिभ स्टिकरले सवारी साधनलाई टाढैबाट देख्न सकिने बनाउँछ, जसले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने विश्वास गरिएको छ।
आजको अभियान अन्तर्गत जिल्लाभरका मोटरसाइकल, अटो, जिप, बस, ट्याक्टर लगायत ३७ वटा सवारी साधनमा स्टिकर टाँसिएको छ। ट्राफिक प्रहरीको टोलीले विभिन्न स्थानमा पुगेर स्टिकर टाँस्ने कार्यलाई सक्रिय रूपमा अगाडि बढाइरहेको छ।
प्रहरी कार्यालयका अनुसार यो अभियानले चालकसहित पैदल यात्रुको सुरक्षामा समेत टेवा पुर्याउनेछ।

