Advertisement

Day: २०८२ बैशाख १०, बुधबार १९:५७

बझाङमा ट्राफिक प्रहरीद्वारा सवारीमा रिफ्लेक्टिभ स्टिकर टाँस, दुर्घटना न्यूनीकरणमा सहयोगको अपेक्षा

बझाङमा ट्राफिक प्रहरीद्वारा सवारीमा रिफ्लेक्टिभ स्टिकर टाँस, दुर्घटना न्यूनीकरणमा सहयोगको अपेक्षा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- सवारी दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङको पहलमा सवारी साधनहरूमा रातको समयमा चम्किने रिफ्लेक्टिभ स्टिकर टाँस गरिएको छ। विशेष गरी रातको समयमा देखिने क्षमता घट्ने भएकाले सम्भावित दुर्घनालाई ध्यानमा राख्दै यो अभियान सुरु गरिएको हो। ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद बिष्टका अनुसार रिफ्लेक्टिभ स्टिकरले सवारी साधनलाई टाढैबाट देख्न सकिने बनाउँछ, जसले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। आजको अभियान अन्तर्गत जिल्लाभरका मोटरसाइकल, अटो, जिप, बस, ट्याक्टर लगायत ३७ वटा सवारी साधनमा स्टिकर टाँसिएको छ। ट्राफिक प्रहरीको टोलीले विभिन्न स्थानमा पुगेर स्टिकर टाँस्ने कार्यलाई सक्रिय रूपमा अगाडि बढाइरहेको छ। प्रहरी कार्यालयका अनुसार यो अभियानले चालकसहित पैदल यात्रुको सुरक्षामा समेत टेवा पुर्‍याउनेछ।...
होटलको कोठाबाट २ किलोभन्दा बढी चरेश बरामद, एक जना पक्राउ

होटलको कोठाबाट २ किलोभन्दा बढी चरेश बरामद, एक जना पक्राउ

समाचार
कञ्चनपुर, बैशाख १० – केन्द्रीय लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको विशेष प्रहरी टोलीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाणीस्थित एक होटलबाट २ किलो ३१५ ग्राम चरेशसहित एक जनालाई पक्राउ गरेको छ। प्राप्त विशेष सूचनाको आधारमा प्रहरीले कृष्णपुर नगरपालिका–२ मा रहेको ‘होटल डिलाशैनी’ मा खानतलासी गरेको थियो। सो होटल ५० वर्षीय पदम कार्कीले सञ्चालन गर्दै आएका थिए। प्रहरीले होटलको कोठाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध चरेश फेला पारेर बरामद गरेको हो। बरामद गरिएको चरेशसहित कार्कीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरमा बुझाइएको केन्द्रीय लागुऔषध नियन्त्रण ब्युरो धनगढी शाखाले जनाएको छ।...
दिल्लीको शानदार जित, लखनउलाई ८ विकेटले हरायो

दिल्लीको शानदार जित, लखनउलाई ८ विकेटले हरायो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गरेको छ। एक सय ६० रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमै मात्र २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। दिल्लीका अभिषेक पोरेलले आक्रामक ५१ रन बनाए भने कप्तान अक्षर पटेलले ३४ रन जोडे। केएल राहुल ५७ रनमा अविजित रहे। लखनउका एडन मारक्रमले दिल्लीका दुई विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। एडन मारक्रम र मिचेल मार्सले ८७ रनको साझेदारी गरे। मारक्रम ५२ र मार्स ४५ रनमा आउट भए। दिल्लीका बलर मुकेश कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। यो जितसँगै दिल्लीले १२ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। समान १२ अंक भए पनि रनरेटका आधारमा गुजरात टाइटन्स शीर्ष स्थानमा छ। लखनउ भन...
विश्वका कुल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

विश्वका कुल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्यांक सार्वजनिक गरिएको छ। अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयुसीएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या ३९७ भएको पाइएको छ। विश्वको कुल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ। नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार ५०० वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान छ। अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोमिटर क्षेत्रमा तीन हजार २० देखि पाँच हजार ३९० को सङ्ख्यामा हिउँचितुवा रहेको अनुमान छ। हिउँचितुवा बढी जसो नेपाल, चीन, अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, कीर्गीस्तान, भारत, मङ्गोेलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानलगायतका १२ वटा मुलुकमा पाइन्छन्। पछिल्लो समयमा नेपालसँगै भारत, मङ्गोलिया र भुटानले प्रविधि, अनुसन्धान र तथ्य...
धनगढीमा छुट्टाछुट्टै सडक दुर्घटना- एकको मृत्यु, तीन घाइते

धनगढीमा छुट्टाछुट्टै सडक दुर्घटना- एकको मृत्यु, तीन घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा मंगलबार भएको छुट्टाछुट्टै सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–८ स्थित क्याम्पस चोकमा सुपप्र ०१००२ त ४०१५ नम्बरको ट्याक्टरले सुपप्र ०१०११ प ८७१७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक ५५ वर्षीय सुन्दर चौधरीको मृत्यु भएको हो। धनगढी उपमहानगरपालिका–८ निवासी चौधरीको माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा संलग्न ट्याक्टर चालक गोदावरी नगरपालिका–९ निवासी २४ वर्षीय अजय चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। त्यसैदिन राति धनगढी उपमहानगरपालिका–१३ झलारी गाउँमा एयरपोर्टबाट राजपुरतर्फ जाँदै गरेको से ६ प ७०१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। धनगढी–४ निवासी २८ वर्षीय चालक लक्ष्मण चौधरी र मोटरसाइकलमा सवार रतीराम चौधरी घ...
कोशी, बागमती र गण्डकीमा बदली मौसम, वर्षा र हिमपातको सम्भावना

कोशी, बागमती र गण्डकीमा बदली मौसम, वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने अन्य क्षेत्रहरूमा मौसम मुख्यतः सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही पहाडी ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज