बझाङ- काठमाडौंको तीनकुनेमा अराजकतावादी समुहले पत्रकार सुरेश रजकको हत्या गरेको विरोधमा बझाङमा प्रदर्शन गरिएको छ । पत्रकार महासंघ बझाङको आयोजनामा सदरमुकाम चैनपुरमा विरोध प्रदर्शन गरिएको हो । पत्रकार महासंघले ७० औं स्थापना दिवसको अवसर पारी आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा हत्यारालाई पक्राउ गरी कडा भन्दा कडा कारबाहीको माग गरिएको छ । एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शुक्रबार राजावादी समूहले गरेको आन्दोलनमा भिडिओ खिच्ने क्रममा घरभित्र जलेको अवस्थामा शव भेटिएको थियो ।

