धनगढी- बैतडीमा भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य निरोगी प्रमाणित गर्नुपर्ने भएको छ। जिल्लाको डिलाशैनी गाउँपालिकामा भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्नुपर्ने भएको हो।
पालिकाले आज एक सूचना जारी गर्दै महामारी रोग पिपिआर फैलन नदिन आफ्नो भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित हुनुपर्ने भनेको छ ।
पञ्चेश्वर लगायतका क्षेत्रमा बाख्रामा लाग्ने महामारी रोग पिपिआर देखिएकोले त्यसबाट बच्न भेडाबाख्रा र च्याङग्रा ओसारपोसार गर्दा अनिवार्य रुपमा निरोगी प्रमाणित गर्न भनिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शंकरबहादुर साउँदले बताए ।


