धनगढी- बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । पाटन नगरपालिका–३ स्थित गुजर स्वास्थ्यचौकीमा कार्यरत सिनियर अनमी माया केसीको निधन भएकाले आइतबार शोक बिदा दिइएको हो ।
केसीको फागुन २८ गते असमायिक निधन भएको थियो । केसीको निधनले स्वास्थ्य क्षेत्रमा अपूरणीय क्षति पुगेको नगरपालिकाले जनाएको छ । आज नगरपालिका मातहतका सबै कार्यालयहरुमा शोक बिदा रहेको नगरपालिकाले एक सूचना मार्फत जानकारी गराएको छ । 

