पूर्वप्रधानमन्त्री प्रचण्डको फोटो जलाउने बम रिहा
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ परेका निराजन बम प्रहरी हिरासतबाट रिहा भएका छन्। शनिबार हेटौंडामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा गणतन्त्रविरोधी नारा लगाउँदै पूर्वप्रधानमन्त्री दाहालको फोटो जलाउने सङ्गठनका केन्द्रीय सचिव समेत रहेका बम रिहा भएका हुन् ।
चितवनको भरतपुर विमानस्थलबाट चितवन प्रहरीले पक्राउ गरेको बमलाई मकवानपुर प्रहरीले मकवानपुर प्रहरी कार्यालयमा ल्याएको थियो। उनलाई छुटाउनको लागि नेकपा माओवादी केन्द्रका नेताहरू जिल्ला प्रहरी कार्यालय पुगेका थिए। माओवादी मकवानपुर इन्चार्ज विजय गौतमसमेतको टोलीले जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा बमलाई छडिदिन आग्रह गरेका थिए।
जिल्ला प्रशासन कार्यालयमा भएको एक छलफलमा गल्ती स्वीकारेर माफी मागेपछि उनलाई छोडिएको मकवानपु...












