नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँले र डिजेल,मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटेको छ । नयाँ मूल्य समायोजन अनुसार काठमाडौं उपत्यकामा पेट्रोल १६३ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँ प्रतिलिटर कायम हुनेछ ।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य घटाइएको नेपाल आयल निगमले जनाएको छ।
यो मुल्य आज राति १२ बजेदेखि लागुहुनेछ ।


