अछाम बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित
धनगढी- अछामको एक क्याम्पसमा यहीँ चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका सबै कार्यक्रम स्थगित गरिएको छ । जिल्लामा रहेको अछाम बहुमुखी क्याम्पसमा विद्यार्थी संघ संगठनहरुकाे आपसी समझदारीमा तत्कालका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।
क्याम्पस प्रशासनले आज एक सूचना जारी गर्दै स्ववियु निर्वाचनका सबै कार्य तत्कालका स्थगित गरिएको जानकारी गराएको छ ।
क्याम्पसद्वारा जारी सूचनामा भनिएको छ “यस अछाम बहुमुखी क्याम्पसमा मिति २०८१ चैत ५ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन विद्यार्थी संघ, संगठन र समूहको आपसी समझदारीको आधारमा तत्काललाई स्थगित गर्ने र आगामी उपयुक्त समयमा विद्यार्थी संघ, संगठन र समूह र क्याम्पस प्रशासनको आपसी समझदारीको आधारमा स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन गर्ने भन्ने र्णिय भएकोले तत्कालका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सम्पू...






