धनगढी- कैलालीको गौरीगङ्गा नगरपालिका ५ अन्डैयामा रहेको बालुवाटार आर्यघाटको सरसफाइ गरिएको छ ।
आज सन्त निरन्कारी मण्डल नेपाल शाखा मसुरिया युनिट नं १६६४ ले बालुवाटार आर्यघाटको सरसफाइ गरेको हो ।

स्वच्छ जल स्वच्छ मन स्वच्छता अभियान कार्यक्रम राष्ट्रलाई योगदान भन्ने मुल नाराका साथ बालुवाटार आर्यघाट सरसफाइ गरिएको जनाइएको छ । आर्यघाटमा जथाभावी रुपमा फालिएका काठ, खरानी, हाड, र अधजलेका वस्तु, फूलमाला, अगरबत्ती, कपडा, र पूजा सामग्री हटाएर सरसफाइ गरिएको हो ।

शवदाहका कारण उत्पन्न हुने फोहोर, दुर्गन्ध र प्रदूषण हटाउन सरसफाइ गरिएको आयोजकले जनाएको छ ।
मुखी केहर सिंह ओडको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा प्रमुख अतिथि गौरिगङ्गा नगरपालिका ५ का वडाध्यक्ष बिष्णु भाट रहेका थिए ।
कार्यक्रमको विशिष्ट अतिथिमा सन्त निरन्कारी मण्डल नेपालका ज्ञान प्राचारक करन सिङ ओड रहेका थिए । त्यसैगरी अतिथीहरूमा हर्क बहादुर कुवँर, चौमाला मुखी तेज बहादुर राना, राजिपुर खुरखुरिया मुखी तुलाराम बिक, कामना टेलिभिजन बढैपुर शाखा प्रमुख हिमाल साउद लगाएतका व्यक्त रहेका थिए ।
आर्यघाटको सरसफाइ स्थानीय, जनप्रतिनिधि , सन्त निरन्कारी मण्डल नेपालका प्रतिनिधि लगायतको उपस्थितिमा गरिएको थियोे । सरसफाइ कार्यक्रममा सहभागीलाई आयोजकले धन्यवाद व्यक्त गरेको छ।


