Advertisement

Day: २०८१ फाल्गुन २९, बिहीबार २०:४३

कैलालीको गौरीगङ्गामा रहेको बालुवाटार आर्यघाटको सरसफाइ

कैलालीको गौरीगङ्गामा रहेको बालुवाटार आर्यघाटको सरसफाइ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गौरीगङ्गा नगरपालिका ५ अन्डैयामा रहेको बालुवाटार आर्यघाटको सरसफाइ गरिएको छ । आज सन्त निरन्कारी मण्डल नेपाल शाखा मसुरिया युनिट नं १६६४ ले बालुवाटार आर्यघाटको सरसफाइ गरेको हो । स्वच्छ जल स्वच्छ मन स्वच्छता अभियान कार्यक्रम राष्ट्रलाई योगदान भन्ने मुल नाराका साथ बालुवाटार आर्यघाट सरसफाइ गरिएको जनाइएको छ । आर्यघाटमा जथाभावी रुपमा फालिएका काठ, खरानी, हाड, र अधजलेका वस्तु, फूलमाला, अगरबत्ती, कपडा, र पूजा सामग्री हटाएर सरसफाइ गरिएको हो । शवदाहका कारण उत्पन्न हुने फोहोर, दुर्गन्ध र प्रदूषण हटाउन सरसफाइ गरिएको आयोजकले जनाएको छ । मुखी केहर सिंह ओडको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रममा प्रमुख अतिथि गौरिगङ्गा नगरपालिका ५ का वडाध्यक्ष बिष्णु भाट रहेका थिए । कार्यक्रमको विशिष्ट अतिथिमा सन्त निरन्कारी मण्डल नेपालका ज्ञान प्राचारक करन सिङ ओड रहेका थिए । त्यसैगरी अतिथीहरूमा ...
डोटीमा विषादी सेवन बाट एक युवकको मृत्यु

डोटीमा विषादी सेवन बाट एक युवकको मृत्यु

Breaking News 1, डोटी, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा विषादी सेवन बाट एक युवकको मृत्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका–४ धौलाकाँडाका २२ वर्षीय भरत कुँवरको विषादी सेवनका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा राखिएको मुसा मार्ने विषादी सेवन गरेपछि गम्भीर अवस्थामा पुगेका उनलाई स्थानीय दुर्गामाण्डौं स्वास्थ्य चौकीमा प्रारम्भिक उपचार गरिएको थियो । थप उपचारका लागि सुजङ अस्पताल, राजपुर लगिएको भए पनि उपचारको क्रममा राति २ बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । विषादी सेवनको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
सुदूरपश्चिममा कांग्रेस-एमालेबीच राजनीतिक नियुक्ति गर्नेमा सहमति

सुदूरपश्चिममा कांग्रेस-एमालेबीच राजनीतिक नियुक्ति गर्नेमा सहमति

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सत्तारूढ गठबन्धनको सुदूरपश्चिम प्रदेशमा कार्यकाल सकिन लागेका विभिन्न राजनीतिक नियुक्ति सम्बन्धी पदमा भागबण्डाको आधारमा तत्काल पदपूर्ति गर्न नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएको छ। बुधबार मुख्यमन्त्री कमलबहादुर शाहको सरकारी निवासमा बसेको सत्ता गठबन्धनको प्रदेशस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कांग्रेस–एमालेबीच भागबण्डा गरेर राजनीतिक नियुक्ति गर्ने सहमति जुटेको बताइएको छ । नियुक्तिको खाका बनाउने जिम्मेवारी मुख्यमन्त्री शाह र एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावललाई दिइएको छ। बैठकमा प्रदेश सरकारका काम कारवाहीलाई थप प्रभावकारी बनाउन गहन छलफल गरिएको एक नेताले बताएका छन्। साथै, रिक्त हुन लागेका राजनीतिक नियुक्ति सम्बन्धी पदहरू सहमतिका आधारमा चाँडै पदपूर्ति गर्ने निर्णय समेत भएको छ। सुदूरपश्चिममा राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरिएका प्रादेशिक अस्पताल...
कर्णालीका ४ सय ४४ जना बालबालिका बालगृहमा

कर्णालीका ४ सय ४४ जना बालबालिका बालगृहमा

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार
सुर्खेत– कर्णाली प्रदेशका चार सय ४४ जना बालबालिका बालगृहमा रहेको पाइएको छ । विभिन्न कारणले आमाबुवाभन्दा टाढा रहेका चार सय ४४ जना बालबालिलाई सरकारले संरक्षण दिएको हो । बुवाआमा हुँदाहुँदै पनि बालगृहमा बालबालिका पठाउने गरिएको भन्दै यसमा संवेदनशील हुनुपर्ने सरोकारवालको भनाइ छ । कस्ता बालबालिकालाई बालगृहमा पठाउने भन्ने बालबालिकासम्बन्धी ऐनले प्रष्ट व्यवस्था गरेको भन्दै यो ऐनको कार्यान्वयनमा जोड दिनुपर्ने उनीहरूको भनाइ छ । कर्णालीमा रहेका १२ वटा बालगृहहरूको अनुगमन गरी मापदण्डअनुसार चलाउनुपर्नेमा जोड दिइएको छ । हिमाली नवीन समाजले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रियामा बालअधिकारकर्मी डम्बर रोकायले बालबालिकासम्बन्धीको ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए । यसैबीच, सहभागीले गुणस्तरीय शिक्षा, गरिबी र अन्य विभिन्न कारणले बालबालिका परिवारबाट विछ...
आज केही ठाउँमा पानी पर्ने सम्भावना

आज केही ठाउँमा पानी पर्ने सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
आज होलीको दिन देशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार पहाडी भेगका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ। हिजो देशका केही ठाउँमा पानी परेको थियो। पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै लमजुङमा २० मिलिमिटर पानी परेको छ। मौसमविदहरुका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले वर्षा गराएको हो। प्रि–मनसुनी गतिविधि पनि सक्रिय भएकाले अबका दिनमा मेघगर्जन र चट्याङसहित दिउँसोतिर पानी पर्ने र रातिको समयमा मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन्। विगत चार दिनदेखि काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा मौसम बदली रहेको थियो। प्रतिकूल मौसमका कारण हवाई उडानसमेत सामान्य प्रभावित भएको छ।...
आज हिमाली र पहाडी भूभागमा होली पर्व मनाइँदै

आज हिमाली र पहाडी भूभागमा होली पर्व मनाइँदै

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ – आज हिमाली र पहाडी भूभागमा फागु अर्थात होली पर्व मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई आउने फागु पर्व हर्षोल्लासका साथ एकआपसमा रङ्ग र लोला खेली मनाउने गरिन्छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने चलन छ । हिरण्यकशिपुले बहिनी होलिकालाई दन्किरहेको आगोमा छोरा प्रल्हादसहित पस्न लगाउँदा होलिका भष्म भएकी र भक्त प्रल्हाद भने सकुशल निस्केको प्रसङ्ग पुराणहरुमा उल्लेख छ । शक्तिको दुरुपयोग गर्ने होलिका मारिएको भन्दै होलिकादहन अर्थात चीरदाह गरेर आपसमा रङ्ग, अबीर लगाएर खुशीयाली मनाएर होली खेल्ने परम्पराको शुरूवात भएको मानिन्छ । केही वर्षदेखि रङ्गको पर्व होली सभ्य बन्दै गएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ्ग र लोला हान्ने क्रम बन्द भएको छ । प्रहरीले होलीलाई सभ्य तरिकाले मनाउन आग्र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज