प्रयागराजमा जारी महाकुम्भ मेलामा सहभागी हुने श्रद्धालुहरूको लागि गौरीफन्टाबाट प्रयागराजसम्मको यात्रालाई सहज बनाउन बडिमालिका टुर एण्ड ट्राभल्सले विशेष बस सेवा सञ्चालन गरेको छ।
सुपर लग्जरी बस सेवामार्फत यात्रुहरूले सुरक्षित र आरामदायी यात्राको अनुभव लिनेछन्। गौरीफन्टादेखि प्रयागराजसम्मको यो सेवा रु. ४,०००/- मा उपलब्ध गराइएको छ। यात्रुहरूको सुविधाका लागि बसभित्र आरामदायी सीट र आधुनिक सुविधा समेत उपलब्ध छ।

महाकुम्भ मेलामा प्रत्येक १२ वर्षमा एकपटक आयोजना हुने धार्मिक कार्यक्रम हो। यस मेलामा लाखौं श्रद्धालुहरूले स्नान गरी आध्यात्मिक लाभ उठाउँछन्। महाकुम्भको अवसरमा यो यात्रा सेवा विशेष रूपमा सञ्चालन गरिएको बडिमालिका टुर एण्ड ट्राभल्सले जनाएको छ।
सिट बुकिङका लागि सम्पर्क नम्बर:
+९७७९७०८०६९८८५
+९७७९८४८४८७७१९
महाकुम्भ मेलामा सहभागी भई धार्मिक अनुभवलाई स्मरणीय बनाउन यो सेवा प्रभावकारी हुने विश्वास गरिएको छ।

