बझाङ- बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्युु भएको छ ।जिल्लाको बुंगल नगरपालिका-२ मलेराकी १७ वर्षीया डम्मरा धामी भीरबाट लडेर मृत्यु भएको हो ।
सोमबार आज बिहान घरबाट घाँस काट्न गएकी धामी घाँस काट्ने क्रममा एक्कासी चिप्लिएर करिब ३०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक धामी चन्द्र माध्यमिक विद्यालय गिरौँमा कक्षा १० मा अध्ययनरत थिइन् ।घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

