Advertisement

Day: २०८३ श्रावण ४, सोमबार २१:५३

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

बझाङ भीरबाट लड्दा एक किशोरीको मृत्यु

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा भीरबाट लडेर एक किशोरीको मृत्युु भएको छ ।जिल्लाको बुंगल नगरपालिका-२ मलेराकी १७ वर्षीया डम्मरा धामी भीरबाट लडेर मृत्यु भएको हो । सोमबार आज बिहान घरबाट घाँस काट्न गएकी धामी घाँस काट्ने क्रममा एक्कासी चिप्लिएर करिब ३०० मिटर तल खस्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक धामी चन्द्र माध्यमिक विद्यालय गिरौँमा कक्षा १० मा अध्ययनरत थिइन् ।घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।...
बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

बझाङमा आज साँझ ७ बजेदेखि भोलि बिहान ७ बजेसम्म सवारी आवागमन बन्द

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङमा रातिकाे समयमा सवारी साधन आवागमन बन्द  गरिएकाे छ । अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बझाङले आज साँझ ७:०० बजेदेखि भोलि बिहान ७:०० बजेसम्म जिल्लाभित्र सञ्चालन हुने तथा जिल्लाबाट बाहिरिने सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिएकाे हाे । प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीद्वारा जारी सूचनाअनुसार देशका विभिन्न स्थानसहित बझाङमा पनि निरन्तर भारी वर्षा भइरहेको र वर्षा अझै बढ्ने पूर्वानुमान रहेकाले रातिको समयमा सवारी सञ्चालन गर्दा दुर्घटना तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भएकाले सवारी साधन आवागमन बन्द गर्ने निर्णय गरेकाे जनाएकाे छ । प्रशासनले यस अवधिमा यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै सम्भावित विपद्बाट सुरक्षित रहन आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ। आपतकालीन सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी ब...
कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

कञ्चनपुरमा च्याउ टिप्न गएका १४ महिला सम्पर्कविहीन, खोजी कार्य तीव्र

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कञ्चनपुरमा च्याउ टिप्न भन्दै जंगल गएका १४ जना महिला सम्पर्कविहीन भएका छन्। भीमदत्त नगरपालिका–१९ बागफाँटास्थित दशरथ टोलका ती महिलाहरू आइतबार बिहान करिब ११ बजे च्याउ टिप्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए। सम्पर्कविहीन हुनेमा सकनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनिषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, बिमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतिक्षा सुनार र सिवानी सुनार रहेका छन्। उनीहरू शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मालुमेला पोष्टबाट निकुञ्जभित्र प्रवेश गरेका थिए। यस्तै, बेलडाँडीका तीन जना भने मोबाइल सम्पर्कमा आएका छन्। उनीहरूसँग आज बिहान सम्पर्क भएको र बाँकी १४ जना पनि निकुञ्जभित्र बाटो बिर्सिएर अलमलिएको आशंकामा नेपाल प्रहरी र सम...
डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

डोटीका प्रथम पत्रकार तथा वरिष्ठ साहित्यकार धनबहादुर मल्लको निधन

Breaking News 1, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
डोटी- डोटीका प्रथम पत्रकार, वरिष्ठ साहित्यकार, मूर्तिकार तथा पूर्व शिक्षक धनबहादुर मल्लको निधन भएको छ। दिपायल सिलगढी नगरपालिका-६, सिलगढीस्थित आफ्नै निवासमा सोमबार बिहान करिब ५ः३० बजे ९० वर्षको उमेरमा उनको निधन भएको हो। उनका जेठा छोरा योगेश मल्लका अनुसार मल्लको एक्कासि निधन भएको हो। स्वर्गीय मल्ललाई डोटेली पत्रकारिताको पहिलो पुस्ताका पत्रकारका रूपमा चिनिन्छ। उनले वि.सं. २०१६ सालमा सगरमाथा संवादका लागि डोटी समाचारदाताको रूपमा पत्रकारिता सुरु गरेका थिए। त्यसपछि वि.सं. २०१८ सालदेखि सरकारी समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) का डोटी समाचारदाताका रूपमा लामो समय कार्यरत रहे। पत्रकारितासँगै साहित्य, नाटक, संगीत र मूर्तिकलामा पनि उनको महत्वपूर्ण योगदान रहेको छ। उनले जय दुर्गे, ध्रुव, सत्यदेव जयते, शैलेश्वरी महात्म्य, भरत मिलाप, अदृश्य हात, भविष्य बोल्छ वर्तमान, आमाको मन, भलाई, आमा, मिलाप...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज