धनगढी- नेपाली-भारतीय सीमानाका गौरीफन्टामा रुख ढल्दा एक नेपाली अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्। आइतबार बिहान गौरीफन्टास्थित क्यान्टेन नजिक रहेको सुकेको सालको रुख अचानक ढल्दा बझाङको बित्थडचिर गाउँपालिका–७ का २२ वर्षीय रोशन भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रहरीका अनुसार दुधवा टाइगर रिजर्भ क्षेत्रमा पर्ने उक्त सीमानाकामा यात्रु लिन अटोरिक्सासहित पुगेका बेला रुख ढलेर भट्ट गम्भीर घाइते भएका हुन्। घाइते भट्टको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

