Advertisement

Day: २०८३ श्रावण ३, आईतवार २१:२९

बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

बझाङको चैनपुरबाट जुवा खेल्दै गरेका ९ जना पक्राउ, ५३ हजार ९९० रुपैयाँ नगद बरामद

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको जयपृथ्वी नगरपालिका-१० चैनपुरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार आइतबार साँझ ५ बजे प्राप्त गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक उपेन्द्र तिमिल्सैनको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट ९ जना र वडा प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक बहादुर सिंह धामीको नेतृत्वमा ६ जना गरी १५ सदस्यीय प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले चैनपुरस्थित प्रकाश विकको घरमा छापा मारेर जुवातास खेलिरहेका ९ जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका-१० का लक्ष्मी सुनार (६८), लोकेन्द्र विक (३८) र प्रकाश विक (३२), मष्टा गाउँपालिका-७ का ठिंका द्वाल (५७) र रमेश जेठारा (३८), मष्टा गाउँपालिका-५ का धनराज बोहरा (४८), हुम्लाको सार्केगाड गाउँपालिकाका दोर्जे फरेडा (४०) तथा सुर्मा गाउँपालिका-२ का ऐनबहादुर बोहर...
धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

धादिङमा राति सवारी सञ्चालनमा रोक, बाढी–पहिरोको जोखिमपछि प्रशासनको निर्णय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- बाढी, पहिरो तथा सडक अवरोधको उच्च जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार राति अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाएको छ। जल तथा मौसम विज्ञान विभागले साउन ३ गते देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले धादिङ, चितवन, गोरखा र नुवाकोट जिल्लामा रातिको सवारी आवागमन उच्च जोखिमयुक्त हुने जानकारी गराएको थियो। यसैलाई आधार मान्दै जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आइतबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म जिल्लाभित्र चल्ने तथा जिल्ला भएर आवतजावत गर्ने सार्वजनिक र निजी सवारी साधनको सञ्चालन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको छ। प्रशासनका अनुसार एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी साधन तथा अन्य अत्यावश्यक सेवामा प्रयोग ह...
गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

गौरीफन्टा सीमानाकामा रुख ढल्यो, बझाङका अटोरिक्सा चालक गम्भीर घाइते

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाली-भारतीय सीमानाका गौरीफन्टामा रुख ढल्दा एक नेपाली अटोरिक्सा चालक गम्भीर घाइते भएका छन्। आइतबार बिहान गौरीफन्टास्थित क्यान्टेन नजिक रहेको सुकेको सालको रुख अचानक ढल्दा बझाङको बित्थडचिर गाउँपालिका–७ का २२ वर्षीय रोशन भट्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार दुधवा टाइगर रिजर्भ क्षेत्रमा पर्ने उक्त सीमानाकामा यात्रु लिन अटोरिक्सासहित पुगेका बेला रुख ढलेर भट्ट गम्भीर घाइते भएका हुन्। घाइते भट्टको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।...
दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

दार्चुलामा अति भारी वर्षाको चेतावनी, प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २ र ३ गते सम्भावित अति भारी वर्षालाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी यज्ञराज पौडेलद्वारा जारी सूचनाअनुसार उक्त अवधिमा मनसुनी गतिविधि थप सक्रिय हुने, देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको छ। प्रशासनका अनुसार दार्चुलाका विभिन्न क्षेत्रमा बाढी, पहिरो, भू-कटान तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले सम्भावित क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ। अत्यावश्यक कामबाहेक टाढाको यात्रा नगर्न, विशेष गरी रातिको समयमा यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। साथै नदी, खोला, खहरे, भीरपाखा तथा बाढी–पहिरोको उ...
राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी ९५ जनप्रतिनिधिका पद रिक्त

राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी ९५ जनप्रतिनिधिका पद रिक्त

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार
काठमाडौँ- राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तह गरी जनप्रतिनिधिका विभिन्न ९५ पद रिक्त छन् । रिक्त भएका ती पदमा उपनिर्वाचन हुने कि नहुने भन्ने अनिश्चित छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्य १, प्रदेश सभा सदस्य १९ र स्थानीय तहका ७५ पद रिक्त छन् । आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले उपनिर्वाचन हुनुपर्ने ९५ पद रिक्त रहेको जानकारी दिए । उनले स्थानीय तहमा जिल्ला समन्वय समिति प्रमुख २, नगरप्रमुख १०, नगर उपप्रमुख २, गाउँपालिका अध्यक्ष ५, गाउँपालिका उपाध्यक्ष २ र वडाध्यक्ष ५४ गरी ७५ पद रिक्त रहेको जानकारी दिए । त्यसमा काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदसमेत छ । गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्दै जितेर अहिले प्रधानमन्त्री बनेका बालेन्द्र शाहले काठमाडौँ महानगरपालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएका थिए । भरतपुर महानगरपालिकाको प्रमुखबाट राजीना...
र्मकाण्ड गर्दै आएका पण्डित गणेश पन्त तीन पालिकाबाट सम्मानित

र्मकाण्ड गर्दै आएका पण्डित गणेश पन्त तीन पालिकाबाट सम्मानित

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- विगत २७ वर्षदेखि दलित बस्तीमा वैदिक विधिअनुसार कर्मकाण्ड गर्दै आएका वैदिक वाचस्पति, संस्कारशिरोमणि, धर्मशास्त्राचार्य तथा ज्योतिषाचार्य पण्डित गणेशप्रसाद पन्त सुदूरपश्चिमका तीन स्थानीय तहबाट सम्मानित भएका छन्। बैतडीको पाटन नगरपालिका-८ निवासी पन्तलाई डोटीको दिपायल सिलगढी नगरपालिका, डडेल्धुराको अजयमेरु गाउँपालिका र बैतडीको पुर्चौडी नगरपालिकाले सामाजिक तथा धार्मिक योगदानको कदर गर्दै सम्मान गरेका हुन्। पन्तले दलित समुदायमा वैदिक विधिअनुसार सप्ताह, शिवपुराण, व्रतबन्ध, विवाह, न्वारन, वास्तुपूजा, गृहप्रवेशलगायतका धार्मिक अनुष्ठान सञ्चालन गर्दै आएका छन्। उनले हालसम्म ३८ वटा सप्ताह, २४ वटा शिवपुराण, २९७ वटा लघुरुद्राभिषेक, १९३ वटा महारुद्राभिषेक, ३ हजार ९११ वटा न्वारन, ५६९ वटा व्रतबन्ध, ७२२ वटा सत्यनारायण पूजा, ६२२ वटा ग्रहशान्ति, ३९ वटा शतचण्डी, ६५ वटा अखण्ड रामायण, ५७९ वटा स्वस्थानी ...
बैतडी प्रशासनमा एक घण्टाभित्रै सेवाकाे व्यवस्था

बैतडी प्रशासनमा एक घण्टाभित्रै सेवाकाे व्यवस्था

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, सुदूरपश्चिम
बैतडी- जिल्ला प्रशासन कार्यालय बैतडीले एक घण्टाभित्रै सेवा उपलब्ध गराउने व्यवस्था लागू गरेको छ । कार्यालयले शुक्रबारदेखि ‘वान आवर सर्भिस’ सुरु गरेको हो । सेवाग्राहीले कार्यालय प्रवेश गरेको एक घण्टाभित्र सेवा दिइने गरी व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले बताए । आवश्यक कागजात पूरा भएका सेवाग्राहीलाई नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्रलगायतका सेवा कार्यालयमा प्रवेश गरेको एक घण्टाभित्रै उपलब्ध गराइने उनले बताए । सेवा प्रवाहलाई छिटो, सहज र कर्मचारीलाई थप जिम्मेवार बनाउने उद्देश्यले यो सेवा लागु गरेको उनले बताए । यसबाट सेवाग्राहीले प्रशासनिक सेवा लिन लामो समय प्रतीक्षा गर्नु नपर्ने अपेक्षा गरिएको छ । पछिल्लो समय जिल्ला प्रशासनमा सेवा लिनेको संख्या पनि घटेको छ । जिल्लाको दक्षिणी क्षेत्र मेलौली र पूर्वी क्षेत्रको पुर्चौडी नगरपालिकामा इलाका प्रशासन कार्यालय संचालनमा आए प...
सवारी ज्यान मुद्दामा दोषी ठहरिएका बैतडीका धानुक पक्राउ

सवारी ज्यान मुद्दामा दोषी ठहरिएका बैतडीका धानुक पक्राउ

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालत बैतडीको फैसलाअनुसार सवारी ज्यान मुद्दामा १० दिन कैद सजाय तोकिएका पुर्चौडी नगरपालिका-६ रत्नाका २१ वर्षीय दीपक धानुकलाई शनिबार दिउँसो पक्राउ गरिएको प्रहरीले जनाएको छ। अस्थायी प्रहरी पोस्ट ढोल्यामोडबाट खटिएको प्रहरी टोलीले उनलाई सुर्नया गाउँपालिका-८ स्थित ढोल्यामोड बजारबाट पक्राउ गरेको हो। पक्राउ परेका धानुकलाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरीले जनाएको छ।...
कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलारी गाउँपालिका–५ मनिकापुरका ७० वर्षीय सन्त राम चौधरी शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन्। त्यसैगरी, घोडाघोडी नगरपालिका–१ बेलारका २० वर्षीय सागर शाही सोही क्षेत्रस्थित नालामा मृत अवस्थामा फेला परेका छन्। दुवै घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।...
काठमाण्डौबाट बाहिरिने र भित्रने मुख्य सबै नाकामा गाडी बन्द

काठमाण्डौबाट बाहिरिने र भित्रने मुख्य सबै नाकामा गाडी बन्द

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- लगातारको वर्षासँगै आएको पहिरो र बाढीको जोखिमका कारण काठमाडौं उपत्यकाबाट बाहिरिने तथा भित्रिने अधिकांश मुख्य राजमार्ग अवरुद्ध भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० मा गएराति पहिरो खसेपछि काठमाडौं–चितवन–पोखरा जोड्ने पृथ्वी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार राति १० बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरिए पनि त्यसपछि पुनः पहिरो खसेकाले सवारी सञ्चालन हुन सकेको छैन। रातिदेखि नै आवागमन रोकिएकाले सडकमा जाम भने नभएको प्रहरीले जनाएको छ। यसबाट पृथ्वी राजमार्ग हुँदै पश्चिम नेपाल जाने यात्रुहरू सबैभन्दा बढी प्रभावित भएका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार हाल काठमाडौंबाट बाहिरिने सवारीसाधन भट्टेडाँडा–हेटौँडा मा...
देशभर मनसुन सक्रिय, आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- देशभर मनसुनको प्रभाव थप सक्रिय बनेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले आज र आज राति देशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली, पहाडी र तराईका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपात पनि हुन सक्ने महाशाखाले जनाएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। बागमती, म...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज