कञ्चनपुर- कञ्चनपुरको महाकाली नदीमा नुहाउने क्रममा एक युवकको डुबेर मृत्यु भएको छ। साेमबार दोधारा चाँदनी नगरपालिका–४ कालिका टोलस्थित नदीमा नुहाउने २२ वर्षीय मोहनसिंह ठगुन्नाकाे डुबेर मृत्यु भएको छ। मृतक ठगुन्ना दोधारा चाँदनी नगरपालिका–२ कालिका टोलका रहेकाे प्रहरीले जनाएको छ।
घटनापछि स्थानीय र प्रहरीको सहयोगमा उनको उद्धार गरिएको भए पनि उनको ज्यान जोगाउन सकिएको थिएन। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

