Advertisement

सुँगरे जीप दुर्घटनापछि सर्वदलीय निर्णय, घाइतेलाई आर्थिक सहयोग र सडक मर्मतमा जोड

Advertisement

बझाङ- बझाङमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले केदारस्युँ गाउँपालिका-७ सुँगरेमा भएको जीप दुर्घटना प्रति दु:ख व्यक्त गर्दै विभिन्न निर्णय गरेको छ । आइतबार बसेको सर्वदलीय बैठकले जिल्ला स्थित स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाले आर्थिक सहयोग लगायतका निर्णय गरेको हो ।

जिल्लाका सबै स्थानीय तहले कम्तीमा दुई लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ। साथै, जिल्लास्थित राजनीतिक दल, उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था, पत्रकार महासंघ तथा राष्ट्रसेवक कर्मचारीलाई पनि स्वेच्छिक आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ। उक्त सहयोगको समन्वय दुर्गाथली गाउँपालिकाले गर्ने निर्णय भएको छ।
त्यसैगरी, घाइतेहरूको उपचारका लागि आवश्यक थप सहयोग उपलब्ध गराइदिन गृह मन्त्रालय तथा सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग अनुरोध गर्ने निर्णय पनि गरिएको छ।

गम्भीर घाइतेमध्ये दुई जनालाई काठमाडौं र पाँच जनालाई नेपालगञ्ज पठाएर उपचार गराउँदा हेलिकोप्टर उडानसहित ठूलो आर्थिक भार परेको उल्लेख गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ ।

त्यस्तै बैठकले मनसुन सक्रिय भएसँगै अविरल वर्षा, बाढी, नदी कटान र पहिरोका कारण सडकहरू जोखिममा परेकाले जिल्लाका सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रका सडकको जोखिमयुक्त मोड सुधार, मर्मत-सम्भार तथा आवश्यक पूर्वतयारी तत्काल गर्न निर्देशन दिने निर्णयसमेत गरेको छ।
बैठकमा सहभागी सर्वदलीय प्रतिनिधिहरूले विपद्को समयमा सबै पक्षबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको जोशीपुर गाउँपालिका-३ लक्कड नि...
कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

कैलालीमा एकैदिन लागूऔषधसहित १५ जना पक्राउ

धनगढी- कैलाली प्रहरीले जिल्लाका विभिन्न स्थानमा शुक्रबार गरेको छुट्टाछुट्टै कारबाहीका क्रममा लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ।...
आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

आजको मौसम : गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यतया बद...
बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडीमा एक पुरुष मृत अवस्थामा फेला

बैतडी- बैतडीकाे पाटनमा एक युवक मृत अवस्थामा फेला परेका छन्। बुधवार जिल्लाकाे पाटन नगरपालिका- ४ तोलीस्थित सडक छेउको नालीमा एक पुरु...
डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

डा. केसीद्वारा गेटा विश्वविद्यालयलगायतका नियुक्ति बदरको माग गर्दै सत्याग्रह घोषणा

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले बिहीबारदेखि सत्याग्रह थाल्ने घोषणा गरेका छन्। दार्चुलाबाट बुधबार प्रेस विज्ञप्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज