Advertisement

बझाङमा काम गरेकाे ज्याला नपाएपछि स्थानीयद्वारा चैनपुर-तलकोट सडक अवरुद्ध, माग पूरा नभएसम्म अवरोध नहटाउने चेतावनी

Advertisement

बझाङ- बझाङकाे तलकोट गाउँपालिकास्थित देवशैन पुल निर्माणमा काम गरेका मजदुरहरूले वर्षौँसम्म पनि आफूहरूले पाउनुपर्ने ज्याला नपाएको भन्दै बिहीबार चैनपुर-तलकोट सडकअन्तर्गत बस्टी क्षेत्रमा सडक अवरुद्ध गरेका छन्।

लामाे समयसम्म पुल निर्माणमा गरेको श्रमको पारिश्रमिक भुक्तानीका लागि पटक-पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाइ नभएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको आन्दोलित स्थानीयले बताएका छन।

मजदुरहरूले आफूहरूले इमान्दारीपूर्वक काम सम्पन्न गरे पनि वर्षौँदेखि ज्याला नपाउँदा आर्थिक संकट झेल्नुपरेको, दैनिक जीविकोपार्जनसमेत प्रभावित भएको बताएका छन्। उनीहरूले आफूहरूको उचित पारिश्रमिक तत्काल उपलब्ध गराउन सम्बन्धित निकायसँग माग गरेका छन्।

आन्दोलनरत स्थानीयले आफ्नो माग पूरा नभएसम्म सडक अवरोध नहटाउने चेतावनी दिएका छन्।

सडक अवरुद्ध भएपछि चैनपुर-तलकोट सडकखण्डमा चल्ने सवारीसाधन सञ्चालन प्रभावित भएको छ। सडक बन्द हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन् भने अत्यावश्यक कामका लागि यात्रा गर्ने सर्वसाधारणले समेत सास्ती खेप्नुपरेको छ।

स्थानीयले समस्या समाधानमा सम्बन्धित निकायले तत्काल पहल गरी मजदुरहरूको बाँकी ज्याला भुक्तानी गर्नुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज