एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन लेखनको जिम्मा बादल र शंकर पोखरेललाई
काठमाडाैँ- नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदलको बिहीबारको बैठकले प्राप्त सुझावहरू समेटेर प्रतिवेदन तयार पार्न उपाध्यक्ष एवम् कार्यदल संयोजक रामबहादुर थापा (बादलु) र महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिएको छ। उपाध्यक्ष थापा अध्यक्ष केपी ओली पक्षमा खुलेका नेता हुन्। महासचिव पोखरेल पार्टी पुनःगठन अभियानका पक्षमा उभिएका नेता हुन्।
कार्यदलको बैठकमा देशभरिबाट प्राप्त सुझावहरूबारे महासचिव पोखरेलले ब्रिफिङ गरेका थिए। एमाले सचिव शेरधन राईले दिएको जानकारी अनुसार संयोजक र महासचिवले प्रतिवेदनको ड्राफ्ट तयार पारेर कार्यदलमा पेस गर्नेछन्।
कार्यदलले पार्टी सचिवालयमा र सचिवालयले केन्द्रीय कमिटीमा प्रतिवेदन लैजानेछ। कार्यदलको बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै पार्टीभित्रको एकतामा जोड दिएका थिए। ओलीले पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन, एवं पार्टी शुद्धीकरण, ...





