आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ
धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरनाक प्रवृत्ति बढ्दै गएको छ । आफुले मन पराएको नेता वा नेतृत्वले जे गरे पनि सही हो भन्ने सोच। यही अन्ध समर्थन र पक्षपातपूर्ण मानसिकताले देशलाई कमजोर बनाइरहेको छ।
लोकतन्त्रमा नेता जनताका सेवक हुन्, मालिक होइनन्। जनताले उनीहरूलाई देश र जनताको हितका लागि जिम्मेवारी दिएका हुन्छन्। तर जब नागरिकहरू आफ्नो पार्टी, नेता वा समूहप्रति यति धेरै अन्धभक्त बन्छन् कि उनीहरूको गलत कामसमेत सही देख्न थाल्छन्, तब भ्रष्टाचार, बेथिति र अन्यायले प्रश्रय पाउँछ।
आज देशमा धेरै समस्या देखिन्छन् ,, भ्रष्टाचार, बेरोजगारी, विकासमा ढिलाइ, युवाको विदेश पलायन, कमजोर शिक्षा र स्वास्थ्य व्यवस्था। यी समस्याको एउटा मुख्य कारण नागरिकको मौन समर्थन पनि हो। कुनै नेता गलत कार्यमा मुछिँदा पनि “मेरो नेता ह...


