कैलालीमा यात्रुवाहक बस दुर्घटना, पैदलयात्री जोगाउने क्रममा बस पल्टियो
धनगढी- कैलालीमा शनिबार साँझ यात्रुवाहक बस दुर्घटनामा परेको छ। काठमाडौँबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख १३०१ नम्बरको बस घोडाघोडी नगरपालिका–१ सुखड नजिक दुर्घटनामा परेको हो।
प्रहरीका अनुसार सडकमा हिँडिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा बस अनियन्त्रित भई सडकबाट तल खाल्डोमा पल्टिएको थियो। दुर्घटनामा बसको ठक्करबाट स्थानीय ५५ वर्षीय भक्तबहादुर बटाला घाइते भएका छन्।
घाइते बटालाको सुखडस्थित अस्पतालमा उपचार भइरहेको छ भने उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। साथै, बसमा सवार केही यात्रुहरूलाई पनि सामान्य चोट लागेको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ।
प्रत्यक्षदर्शी नन्दा खत्रीका अनुसार चालकले पैदलयात्रीलाई बचाउने प्रयास गर्दा बस विपरीत दिशातर्फ गएर दुर्घटनामा परेको थियो।...




